७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् शोरुमबाट कार चोरी गर्ने युवक, एक महिना अघि पक्राउ परेर छुटेका थिए

२ फाल्गुन २०८१, शुक्रबार १८:१७

विराटनगर | विराटनगर महानगरपालिका वडा नम्बर ३ एयरपोर्ट मोडमा रहेको एक कार शोरुमबाट गाडी चोर गर्ने व्यक्ति मन्तोष बिन रहेको प्रहरीले जनाएको छ। करिब एक महिना अघि अभद्र व्यवहारमा पक्राउ परेर झन्डै २० दिन थुनापछि छुटेका बिन विराटनगर महानगरपालिका ४ का भएको प्रहरीले जनाएको छ।

२४ वर्षीय मन्तोषले रातीको समयमा पूजा इन्टरनेसनल प्रालि काठमाडौँको शाखा कार्यालयको अगाडीतर्फ सिसा मात्र रहेको शोरुमको ढोकाको सिसा फुटाएर प्रवेश गरेको प्रहरीले जनाएको छ। भित्र पसेका बिनले शोरुम भित्र खुल्ला घर्रामा राखेको चाबीले गाडी स्टार्ट गरेर भागेका थिए। बिनले टाईगन मोडलको कार र एउटा ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ।

राति झन्डै २ बजेको समयमा भएको चोरीको बारेमा बिहान मात्रै थाहा पाएर प्रहरीलाई खबर गरेको शोरुमका मेनेजर इन्द्रराज श्रेष्ठले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालयबाट प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले दिउँसो झन्डै १ बजे सुनसरीको गढी गाउँपालिका ४ बाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जानकारी दिए।

उनका अनुसार, सीसीटीभी फुटेजका आधारमा रातो कार देखेपछि चोरीको कार भन्ने पुष्टि गरेर कारका चालक मन्तोष कुमार बिनलाई पक्राउ गरिएको हो। कारसँगै प्रहरीले कारको पछाडिको सिटमा राखेको चोरीको ल्यापटप पनि नियन्त्रणमा लिएको जनाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या