2026-08-22 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् शोरुमबाट कार चोरी गर्ने युवक, एक महिना अघि पक्राउ परेर छुटेका थिए

विराटनगर | विराटनगर महानगरपालिका वडा नम्बर ३ एयरपोर्ट मोडमा रहेको एक कार शोरुमबाट गाडी चोर गर्ने व्यक्ति मन्तोष बिन रहेको प्रहरीले जनाएको छ। करिब एक महिना अघि अभद्र व्यवहारमा पक्राउ परेर झन्डै २० दिन थुनापछि छुटेका बिन विराटनगर महानगरपालिका ४ का भएको प्रहरीले जनाएको छ।

२४ वर्षीय मन्तोषले रातीको समयमा पूजा इन्टरनेसनल प्रालि काठमाडौँको शाखा कार्यालयको अगाडीतर्फ सिसा मात्र रहेको शोरुमको ढोकाको सिसा फुटाएर प्रवेश गरेको प्रहरीले जनाएको छ। भित्र पसेका बिनले शोरुम भित्र खुल्ला घर्रामा राखेको चाबीले गाडी स्टार्ट गरेर भागेका थिए। बिनले टाईगन मोडलको कार र एउटा ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ।

राति झन्डै २ बजेको समयमा भएको चोरीको बारेमा बिहान मात्रै थाहा पाएर प्रहरीलाई खबर गरेको शोरुमका मेनेजर इन्द्रराज श्रेष्ठले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालयबाट प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले दिउँसो झन्डै १ बजे सुनसरीको गढी गाउँपालिका ४ बाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जानकारी दिए।

उनका अनुसार, सीसीटीभी फुटेजका आधारमा रातो कार देखेपछि चोरीको कार भन्ने पुष्टि गरेर कारका चालक मन्तोष कुमार बिनलाई पक्राउ गरिएको हो। कारसँगै प्रहरीले कारको पछाडिको सिटमा राखेको चोरीको ल्यापटप पनि नियन्त्रणमा लिएको जनाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै