२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख, आईसीयूमा उपचार जारी

२०८१, ४ फाल्गुन आईतवार १३:५९

काठमाडौँ | ‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनका क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पो आगोको झिल्काले भेटेर पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपचार काठमाडौँमा जारी छ।

पोखरामा शनिबार दिउँसो आयोजित पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रममा डिजिटल स्विच अन गरेर अर्थमन्त्री पौडेलले झिर्झिरे क्यान्डल बाल्नासाथ झिल्काले भेटेर बेलुनको झुप्पा पड्किएको हो।

बेलुन पड्किँदा आगोले पोलेर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शनिबारै हेलिकप्टरबाट काठमाडौँस्थित कीर्तिपुर अस्पताल ल्याइएको हो।

 

त्यहाँ सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनीहरूको उपचार भइरहेको कीर्तिपुर अस्पतालले जानकारी दिएको छ।

अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार दुवै जनाको स्वास्थ्य अवस्था हिजोभन्दा आज सुधारोन्मुख भएको छ। तर संक्रमण हुने जोखिम रहेकाले उनीहरूसँग भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ- घाउको अवस्थाको बारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ र हाललाई अवस्था सामान्य भए तापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरिएको छ।

उनीहरूको उपचारमा प्रा. डा. विडी झा, डा. प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली, प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिय यादवलगायतको जलन विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याललगायतका आकस्मिक उपचार टोली, रिना गौचन र निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ टोली खटिएका छन्।

यसअघि शनिबार अस्पतालले अर्थमन्त्री पौडेल र मेयर आचार्यको शरीरको ५–६ प्रतिशत भाग जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको बताएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो