२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रभु साहका आठ प्रश्नमा प्रधानमन्त्रीको आक्रोश– यी उहाँका प्रश्न होइनन्, … !

२०८१, ४ फाल्गुन आईतवार १६:३३

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली सांसद प्रभु साहसँग आक्रोशित बनेका छन् ।

साहले प्रधानमन्त्रीलाई राखेका आठ प्रश्नको जवाफको सुरुमै भने, “यी उहाँका प्रश्न होइनन्, उहाँका मनमा रहेका घृणा हुन् । संसद् जस्तो गरिमामय स्थानमा यस्तो भाषा राख्दा तपाईंलाई के लाभ भयो ? भन्न मिल्छ ? तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?”

लिखित जवाफको तयारीमा रहेका प्रधानमन्त्रीले भने, “ उहाँले गर्नुभएका प्रश्नमा खासै जवाफ दिनुपर्दैन ।”

यस्ता थिए प्रश्न

सम्माननीय सभामुखमार्फत म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रश्न सोध्न चाहन्छु-

(१) नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको संख्या कति छ ? उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ ? ती अबैध सम्पत्तिहरूलाई राज्यको जिम्मामा ल्याउन तपाईले के के गर्नुभयो ? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्तिहरू विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ती अवैध सम्पतिलाई किन रोक्न राक्नुभएन ?

(२) झण्डै ७० लाख भन्दा बढि नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झण्डै ४० वर्ष भन्दा बढि रेमिट्‌यान्स आउनुपर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३-१४ खर्ब आउने संभावना छ। मेरो प्रश्न छ- हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ? के नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साँट्नलाई विदेशमा मरिरहेका छन ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?

(३) वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन्। किन ट्रेड यूनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१औं शताब्दीमा नेपाली मजदूरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईहरूले के कति लाभ पाउनुभएको हो ?

(४) नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ। ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढि राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जीडीपीको ३०% हुन आउँछ। यसलाई कर आतंक नभने के भन्ने त प्रधानमन्त्रीज्यू ? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उभो लाग्छ?

(५) तपाईले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो ? निम्तो नै नआइकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन? प्रष्ट पारिदिन अनुरोध गर्दछु।

(६) यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहमत नहुँदा अहिले विचल्लीमा परेको जस्तो अनुभूति हुदैन ? सत्ता-सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ ?

(७) संघीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन्। तपाई किन एकपटक ऑफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ? अहिले ती सडक-यात्राको क्रममा जनताको आन्द्रा-भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ?

(८) आवासविहीनहरूलाई घर बनाउन ‘सुरक्षित आवास’ भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ