३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा ‘बी–टेक’ पढिरहेकी बुटवलकी प्रकृति लम्सालको शंकास्पद मृत्यु, प्रेमी प्रहरी हिरासतमा

५ फाल्गुन २०८१, सोमबार १४:५०

काठमाडौँ | भारतको कलिंगा एन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्यु शंकास्पद भएको छ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल मृत भेटिएको भारतीय समाचार माध्यमले जनाएका छन्। कलेजले भने उनले आत्महत्या गरेको भनिए पनि घटना शंकास्पद रहेको बताइएको छ।

कलेजले जारी गरेको विज्ञप्तिमा ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ ।त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ’ भन्ने उदृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन्।

ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको जनाएको छ। उक्त पत्रिकाले मृत्युको यकिन कारण नखुलेको पनि दाबी गरेको छ।

यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुव्र्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ।

अहिले प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको भनिएको छ।

प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ।

नेपाली विद्यार्थीहरूलाई अहिले प्रशासनले स्थिति सामान्य नभएसम्मका लागि विदा बस्न भनिएको छ।

संवाद इङ्लिस अनलाइनले भने अद्विक श्रीवास्तव नामका व्यक्तिलाई उनकी प्रेमिका प्रकृति लम्सालको आत्महत्याबाट भएको कथित मृत्युको सम्बन्धमा प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ।

प्रहरी अधिकारीले भनेका छन्,‘हामीले मृतकका परिवारका सदस्यहरूलाई जानकारी गराएका छौं। अभियुक्तलाई पक्राउ गरिएको छ। उनीसँग सोधपुछ भइरहेको छ। युवतीको मृत्युको कारण पत्ता लगाउन यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

अर्कोतर्फ, सामाजिक सञ्जालमा अद्विक र प्रकृतिबीचको कुराकानी भएको अडिओ क्लिप भाइरल भएको छ। क्लिपमा एक युवकले एक केटीलाई दुव्र्यवहार र उत्पीडन गरेको सुनिएको छ।

फेब्रुअरी १६ साँझ केआईआईटी विश्वविद्यालयको होस्टेल क्याम्पसमा प्रकृति रहस्यमय परिस्थितिमा मृत फेला परेपछि अराजक दृश्यहरू देखा परे। उनीहरूको तनावपूर्ण सम्बन्धको कारण अद्विकले कथित रूपमा उत्पीडन गरेपछि उनले आत्महत्या गरेर मृत्यु भएको आशंका गरिएको छ।

घटनापछि, आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिए र प्रकृतिको न्यायको माग गर्दै क्याम्पसको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल