2026-07-04 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखले तेस्रो पटकसम्म शून्य समयमा बोल्न बोलाउँदा पनि सुमना नबोलेपछि…

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आज मंगलबार शून्य समयमा बोल्न समय पाउँदा पनि बोलिनन् । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभाको शून्य समयमा बोल्न बोलाउँदा पनि नबोलेकी हुन् ।

एमाले सांसद सुनिता बरालपछि सभामुख घिमिरेले सांसद श्रेष्ठलाई बोलाए । पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख देवराज घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि अर्का सांसदलाई बोल्न समय दिए । उनले तीनपटक नाम लिए पनि दर्शक दिर्घाबाट कुनै प्रतिक्रिया नआएपछि उनले सांसद सुशीला श्रीपाली ठकुरीलाई समय दिए ।

मंगलबार सभामुखले समय दिदा उनी बैठक कक्षभित्र थिइनन् । ‘मैले समयको अनुमान गरेभन्दा दुई तीन मिनेट तलमाथि भयो त्यसैले मैले समय मिस गरे,’ सांसद श्रेष्ठले भनिन् । त्यतिबेला उनी संसद भवन परिसरमा थिइन् भने लम्लासको मृत्यु प्रकरणसहति शिक्षासँग सम्बन्धित विषयमा बोल्ने तयारीमा थिइन् ।

यसअघि सोमबार सुमनाले बोल्न समय माग्दा सभामुखले समय दिएका थिएनन् । बोल्न माग गर्दा सभामुख देवराज घिमिरेले समय उपलब्ध नगराएको भन्दै उनी प्रतिनिधि सभा बैठकबाटै बाहिरिएकी थिइन् ।

बाहिर उनले पत्रकारहरूसँग भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइटीमा प्रकृति लम्सालको मृत्युबारे सदनमा कुरा राख्न खोजेको र सरकारको ध्यानाकर्षण गराउन खोजेको बताएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै