३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुर्व राजा ज्ञानेन्द्रको शुभकामनाप्रति गोकुलको टिप्पणी- डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होईबक्सेछ

७ फाल्गुन २०८१, बुधबार १२:००

काठमाडौँ | नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले नेपालमा प्रजातन्त्र स्थापनामा भूमिका खेलेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिमाथि टिप्पणी गरेका छन् ।

मंगलबार पूर्व राजा शाहले प्रजातन्त्र स्थापना र त्यसपछिका कामबारे भिडियो सन्देश जारी गरेका थिए । उनले भनेका थिए, “अब समय आयो, राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिन सबै देशबासी हरुलाई आह्वान गर्दछौं। हामीबाट अरु के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं… राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त कतै कुनै पनि पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो ।”

सोही सन्देशमाथि टिप्पणी गर्दै बास्कोटाले पूर्व राजले डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन् ‘आज सबै डेमोक्र्याट भएको देखियो, शहीदलाई सलाम। झन गज्जब यो लाग्यो कि पुर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होईबक्सेछ। समस्या डेमोक्रेसी होईन,बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन। बुटपोलिसले बुट टल्काउन सक्छ, छालाको गुण बदल्दैन’।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता