2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो होला आईफोन १७ प्रो ?

काठमाडौँ | एप्पलले यस वर्ष सार्वजनिक गर्ने आईफोन १७ सिरिज अन्तर्गत आईफोन १७ प्रोको डिजाइनमा ठूलो परिवर्तन गर्ने अनुमान गरिएको छ। फ्रन्ट पेज टेकका थ्रीडी आर्टिस्ट एसरले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत आईफोन १७ प्रोको सम्भावित डिजाइन सार्वजनिक गरेका छन्।

सार्वजनिक डिजाइनअनुसार, आईफोन १७ प्रोमा गुगल पिक्सेल ९ प्रोमा जस्तै क्यामेरा बार राखिएको छ। यो बार पहिलाका लिक्ड डिजाइनहरूभन्दा केही ठूलो देखिएको छ। त्रिकोणीय आकारका क्यामेरा लेन्सहरू बारको बायाँपट्टि, जबकि एलईडी फ्ल्यास, रियर माइक्रोफोन र लिडार स्क्यानर दायाँपट्टि ठाडो रूपमा राखिएको छ।

फ्रन्ट पेज टेकका जोन प्रोसरका अनुसार, आईफोन १७ प्रोमा दुई रङको फिनिसिङ हुनेछ। क्यामेरा बारको रङ फोनको अन्य भागभन्दा गाढा देखिनेछ। तर, यो डिजाइन आधिकारिक हो कि होइन भन्नेबारे शंका गरिएको छ।

ब्लुमबर्गका चर्चित पत्रकार मार्क गुरम्यानले यस डिजाइन नक्कली भएको दाबी गरेका छन्। तर अन्य स्रोतहरूले आईफोन १७ प्रोको क्यामेरा बार ठूलो हुने पुष्टि गरेका छन्। म्याक र्‍युमर्सका अनुसार, आईफोन १७ प्रो म्याक्समा पनि यही डिजाइन अपनाइने सम्भावना छ।

यस्तै, आईफोन १७ एयरमा भने सानो क्यामेरा बार रहने अनुमान गरिएको छ। यस मोडेलमा बायाँतर्फ एउटा क्यामेरा, दायाँतर्फ माइक्रोफोन र एलईडी फ्ल्यास रहनेछ।

हालसम्म आईफोन १७ सिरिजको आधिकारिक डिजाइनबारे एप्पलले कुनै जानकारी सार्वजनिक गरेको छैन। तर, आईफोन १७ सिरिज आगामी सेप्टेम्बरमा लन्च हुने अपेक्षा गरिएको छ। आईफोन १७ यस वर्षको सबैभन्दा बहुप्रतीक्षित स्मार्टफोनमध्ये एक हो, जसबारे व्यापक चर्चा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई