Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुमा सागरलाई गिज्याउनेमाथि कारवाही माग गर्दै प्रदर्शन

२०८१, ८ फाल्गुन बिहीबार १४:२५

काठमाडौँ | काठमाडौंमा गायक कुमा सागरलाई गिज्याउनेमाथि कारवाही नगरेको भन्दै नेवार समुदायका मानिसहरूले प्रदर्शन गरेका छन्।उनीहरू बिहीबार भद्रकालीदेखी प्रदर्शन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन्।

एक पडकास्टमा कुराकानी गर्ने क्रममा गायक सागरलाई गिज्याएको भन्दै चार जनाविरूद्ध परिसरमा मंगलबार निवेदन परेको थियो। सम्पदा संरक्षणका महाअभियानका अध्यक्ष सुनिल प्रजापतिकाअनुसार कमेडियनहरू सजन श्रेष्ठ,उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरूद्ध निवेदन दिएका थिए। त्यही बुझ्न परिसर पुगेको अध्यक्ष प्रजापतिले जानकारी दिए।

‘हामीले दिएको निवेदनमा के भएको रहेछ भनेर बुझ्न आएका हौं,’ उनले भने, ‘नेवार समुदायमाथि भद्दा मजाक गरेको र त्यसमा उजुरी गर्दा पनि कारबाही प्रक्रिया अगाडि नबढाइएपछि हामी प्रहरी कार्यालय आउन बाध्य भयौं।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले उनीहरू चार जनाविरूद्ध ठाडो निवेदन परेको सम्बन्धमा बुझ्न परिसर आएको जानकारी दिए।

‘हामीले दुईपक्षलाई नै बोलाएर कुराकानी गर्ने तयारी छ। कलाकारहरू उपत्यका बाहिर भएकाले आजै दुईपक्षलाई छलफलमा बोलाउन सकिएन,’ एसपी बोहोराले भने, ‘छिट्टै दुईपक्षलाई बोलाएर छलफल गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली