2026-06-18 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु

एजेन्सी | अमेरिकाको अरिजोना विमानस्थल माथिको आकाशमा दुई साना विमान जुधेका छन् । यो घटनामा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

टूसनको उत्तरपश्चिममा माराना क्षेत्रीय विमानस्थल नजिक बिहान ८ः २८ बजे सेस्साना १७२ एस र ल्यान्कएयर ३६० एमके आईआई जुधेको राष्ट्रिय परिवहन सुरक्षा विभाग (एनटीएसबी) ले भनेको छ । यी दुई सिंगल इञ्जिन विमान रनवे १२ माथि जुधेको भनिएको छ ।

ठोक्किएपछि सेसेना अवतरण भए पनि ल्यान्कएयरको विमान भने अर्को धावनमार्ग नजिक जलेको एनटीएसबीले भनेको छ । यस घटनामा दुई जना मरेको र हरेक विमानमा दुई दुुई जना सवार भएको बताइएको छ ।

यस घटनाबारे छानबिन भइरहेको छ । छानबिन चल्दासम्म विमानस्थल बन्द गरिएको छ । जनवरी २९ मा पनि वाशिङटनमा विमान र सेनाको हेलिकप्टर आकाशमा ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । त्यसयता अमेरिकामा चार वटा हवाई दुर्घटना भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु