२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हनुमानढोकामा मृत युवकको हत्या भएको निष्कर्ष, दुई किशोरले बाँसको भाटाले हिर्काएर हत्या गरे

८ फाल्गुन २०८१, बिहीबार १६:०९

काठमाडौँ | काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका युवकको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
करिब ३५ वर्षीका युवक बिहीबार मन्दिर नजिकै फोहोर फाल्ने ठाउँमा मृत भेटिएका हुन् ।

मृतकको यकिन पहिचान खुल्न सकेको छैन । तर, हातमा सुशन शाक्य नामको ट्याटु खोपेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । सिसिटिभी फुटेजमा दुईजना किशोरले बाँसको भाटाले हानेर हत्या गरेको देखिएको छ ।

हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुईजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू १६ र १७ वर्षका छन् ।

पक्राउ परेकाहरूले बाँसको भाटाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनीहरुले भनेका छन्, ‘सुरुमा उसले हामीलाई कुटेपछि बाँसको भाटोले हानेका हौँ ।’

नाबालक भएको हुनाले प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन । मृतक यसअघि ३ पटकसम्म प्रहरीको अनुसन्धान दायरामा आएका व्यक्ति हुन् । मृतक र आरोपीहरूको कुनै पेसा थिएन । उनीहरू सडकमा बसेर जीविकोपार्जन गर्दै आएका थिए । हत्यामा संलग्नहरु वसन्तपुर क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु