२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनले प्रधानमन्त्रीलाई भने: मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार दिनुस्

२०८१, ९ फाल्गुन शुक्रबार ११:४२

काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली नागरिकका लागि जीवनयापनको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले नेपाली भएर सम्मानजनक जीवन जिउने व्यवस्था गर्नुपर्ने विषय उठाएका हुन्।

प्रधानमन्त्रीलाई ‘प्यारो प्रधानमन्त्री ज्यू’ भनेर सम्बोधन गर्दै शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।’

यस्तो छ बालेनको स्टेटस

प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले करप्ट भनिसक्यो ,
इन्डियाले भिकारी भनिसक्यो ,
चीनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस् ।

यसअघि शाहले अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै टिप्पणी गरेका थिए । ट्रम्पलाई शाहले आफ्नो देशलाई विश्वबाट अलग गर्ने र विश्वलाई अगाडि बढ्न दिने सल्लाह समेत दिएका छन् । शाहले डीभी कार्यक्रम बन्द गर्न समेत आग्रह गरेका छन् ।

शाहले ट्रम्पलाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाईंले हामीलाई हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने महसुस गराइदिनुभयो।’

नेपाल मात्र नभइ अमेरिका पनि गरिब रहेको बालेनको टिप्पणी छ । ‘हामी गरिब छौं किनभने हाम्रा जनता हाम्रो देश छोडिरहेका छन्,’ शाहले भनेका छन्, ‘तपाईं गरिब हुनुहुन्छ किनभने तपाईंका जनता तपाईंको देश बनाउन सक्दैनन् । तपाईंहरू अल्छी मानिसहरूलाई यसको लागि बाँकी विश्व चाहिन्छ।’

अमेरिकाले नेपाललाई दिएको सहयोग बन्द गरेको र उक्त सहयोग ठगी भएको ट्रम्पको भनाइ सार्वजनिक भएपछि मेयर शाहले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी