७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईटी पढ्नेलाई क्यान महासंघले २ करोड १३ लाख बराबरको छात्रवृत्ति दिने

९ फाल्गुन २०८१, शुक्रबार १६:४४

काठमाडौँ | कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप- २०८१’ का लागि आवेदन खुला गरेको छ । सात वर्षदेखि वितरण हुँदै आएको यो छात्रवृत्ति कार्यक्रम सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री गुरुङले विद्यार्थीहरूलाई डिजिटल युगमा सफलता हासिल गर्न सिप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्‍याउन छात्रवृत्ति कार्यक्रममले योगदान दिने बताए । सूचना प्रविधिको बदलिँदो परिप्रेक्ष्यलाई ध्यानमा राख्दै दक्ष जनशक्ति तयार पार्न यस्तो पहल आवश्यक रहेकमा उनले जोड दिए ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेका अनुसार यस वर्ष ४९ जना विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । विशेषगरी ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन् ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित यस छात्रवृत्तिबाट ७ प्रदेशका उत्कृष्ट विद्यार्थी लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ । प्रत्येक प्रदेशबाट एक जनालाई पूर्ण छात्रवृत्ति र ४२ जनालाई आंशिक छात्रवृत्ति दिइने क्यानले जनाएको छ । यसका अतिरिक्त ‘फिमेल मेरिट आईसीटी स्कलरसिप’ अन्तर्गत २८ छात्रालाई र ‘आईसीटी मेरिट स्कलरसिप’ अन्तर्गत २१ जनालाई छात्रवृत्ति प्रदान गरिन लागेको जानकारी दिइएको छ ।

छात्रवृत्तिअन्तर्गत मलेसियाको ‘एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन’ सँग सम्बन्धित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा बीएससी आईटी अध्ययन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या