Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि प्रहरीमा उजुरी दिँदै कमेडियन सजन श्रेष्ठ

२०८१, ११ फाल्गुन आईतवार १३:०१

काठमाडौँ | कमेडियन सजन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना दिदीबहिनीलाई बलात्कारको धम्की आएपछि साइबर अपराध अन्तर्गत उजुरी दिने बताएका छन् । शनिबार कमेडियन अपूर्व क्षितिज सिंहको फेसबुक अकाउन्टमा भिडिओ राख्दै श्रेष्ठले उजुरी दिन लागेको बताएका हुन् ।

उनले आफूलाई मानसिक तनाव भएको र विगतदेखि नै एन्जाइटीको औषधि सेवन गरिरहेको अवस्थामा परिवारलाई नै धम्की आएपछि बाध्य भएर उजुरी दिन लागेको बताए । उनले भने, “अहिले चार–पाँच दिनदेखि मेरो बारेमा धेरै समाचार आइरहेका छन् । यसले मलाई एकदमै तनाव दिइरहेको छ । म एन्जाइटीको बिरामी हो । म दैनिक औषधि पनि खान्छु ।”

श्रेष्ठका अनुसार उनले सुशान्त प्रधानको पोडकास्टमा दिएको अभिव्यक्तिको विषयलाई लिएर रवि शाक्यले आफ्नो फेसबुकमा स्टाटस लेखेका थिए । यो देखेपछि श्रेष्ठले माफी मागे र उक्त स्टाटस हटाइदिन अनुरोध गरे । तर, केही दिनपछि शाक्यले फेरि उक्त पोस्ट शेयर गरेपछि विवाद बढेको बताए । उनले शाक्यसँग माफी मागेको र भिडिओमार्फत पनि माफी मागेको तर त्यसपछि पनि शाक्यले मुद्दा हाल्ने कुरा गरेपछि आफू थप तनावमा परेको बताए ।

श्रेष्ठले भने, “सुशान्त दाइको पोडकास्ट आएको भोलिपल्ट टम एण्ड जेरीका रवि शाक्य दाइले आफ्नो फेसबुक पेजमा एउटा पोस्ट राख्नुभएको थियो । मैले त्यही दिन उहाँलाई फोन गरेर माफी पनि मागें कि मेरो नियत यस्तो थिएन, तर तपाईंलाई चोट पुग्यो भने म एकदमै दुःखी छु भनेर । उहाँले हुन्छ, ‘ल तिमीले गल्ती गर्‍यौ’ भनेर उहाँले त्यो पोस्ट पनि डिलिट गरिसक्नुभएको थियो ।

मलाई चाहिँ डिलिट गरेको जस्तो लाग्थ्यो । तर उहाँले लुकाउनुभएको रहेछ । त्यसको पाँच दिनपछि फेरि उहाँले त्यो पोस्ट शेयर गर्नुभयो । मैले फेरि त्यो दिन त उहाँलाई फोन गरेँ, उहाँले फोन उठाउनुभएन । पछि मैले एउटा माफी मागेर भिडिओ बनाएँ । किनभने मलाई यो विवादमा पर्नु थिएन ।”

उनले थपे, “उहाँले मेरो एपोलोजी देखेर मलाई फेरि फोन गर्नुभयो । मसँग पुरै कल रेकर्ड पनि सुरक्षित छ। त्यतिबेला मैले दाइलाई फेरि भनेँ, ‘तपाईंले किन दाइ फेरि यो पोस्ट उठाउनुभएको ? यो त फेरि सल्टिसकेको कुरा थियो’ भन्दा उहाँले ‘मेरो मात्र कुरा होइन, यो अब समुदायको कुरा भइसक्यो’ भनेर मलाई भन्नुभयो ।”

कमेडीकै विषयलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आइरहेको र त्यसै क्रममा एक व्यक्तिले उनको परिवारको फोटो राखेर बलात्कारको धम्की दिएकोले उनी थप आक्रोशित भएका छन् । उनले परिवारलाई मुछेर धम्की दिने व्यक्तिलाई मुद्दा हाल्ने बताएका छन् ।

“मेरो कमेन्टमा को हुनुहुन्छ मलाई थाहा छैन । उहाँले मेरो परिवारको फोटो नै राखेर बलात्कारको धम्की दिनुभयो । कुरा मसम्म हुँदा खेरी ठीकै थियो, मैले त ह्यान्डल नै गरेको थिएँ । तर जब मेरो परिवार मुछिन थाल्यो यसमा, त्यसपछि मलाई साह्रै नराम्रो लाग्यो, किनभने मेरो परिवारको केही पनि लेनादेना नै छैन यो कुरामा,” श्रेष्ठले भने ।

उनले अगाडि भने, “यो देशमा बस्नु छ भनेदेखि त अब तपाईंले पनि हामीलाई समर्थन त गर्नु पर्यो । किनभने सबै कुरामा मै मात्र त गलत हुँदैन होला, मलाई पनि त अन्याय हुन्छ होला । यो कुरामा तपाईंले मलाई पनि समर्थन गर्दिनुपर्छ, म मेरो दिदी बहिनीलाई बलात्कारको धम्की दिनेलाई चाहिँ मुद्दा हाल्न जाँदैछु र उहाँलाई म हाल्छु पनि मुद्दा जो सुकै होस् उहाँ ।”

गायक कुमा सागरको नक्कल गरेको आरोप लगाउँदै आफूलाई अभियन्ता दाबी गर्ने केही व्यक्तिले यही साता जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका थिए । कमेडियन श्रेष्ठ सुजन जिम्बा, उत्सव सापकोटा र पोडकास्टर सुशान्त प्रधानमाथि अनुसन्धान हुनुपर्ने भन्दै निवेदन परेको थियो । गायक कुमा सागरलाई समर्थन गर्नेहरूले चार व्यक्तिको फोटो अङ्कित ब्यानर बोकेर विरोध प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली