काठमाडौँ | नेपालमा लिप मोटर, सिट्रोन र प्युजोको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई लिप मोटर र सिट्रोनका लागि आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । पौडेल ३ वर्षका लागि नियुक्त भएका हुन् ।
प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्यको रूपमा साङ्ग्रिला मोटर्स्ले नवप्रवर्तनशील र दिगो सवारीमा सबैको पहुँच पुर्याउने लक्ष्य लिएको छ । पौडेलसँगको यो सहकार्यले नेतृत्व, उत्कृष्टता र प्रतिबद्धताको साझा अवधारणालाई प्रतिविम्बित गरेको कम्पनीको भनाइ छ । पौडेलले आफ्नो टोलीलाई मैदानमा कुशल नेतृत्व दिएजसरी नै लिप मोटर र सिट्रोनले नेपालका अटोमोटिभ बजारमा उन्नत प्रविधि र विश्वस्तरीय प्रदर्शनका साथ बजार हिस्सामा अग्रणी बन्ने विश्वास कम्पनीले लिएको छ ।