२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाबाट झोँक्किर हिँडेका नारायणकाजी सुनसरीको कार्यक्रममा जोडिए

१५ फाल्गुन २०८१, बिहीबार १४:०२

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को तराई–मधेस जागरण अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुन: जोडिएका छन् । श्रेष्ठ बिहीबार सुनसरीको बर्जु गाउँपालिकाको शुक्रबारे चोकमा आयोजित सभामा सहभागी भएका छन् ।

झापाको बनियानीमा गत सोमबार उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा कार्यक्रम सञ्चालक छेउमा आएर उभिएपछि श्रेष्ठ झोँक्किएका थिए । त्यहाँबाट हिँडेका उनी चितवन पुगेर त्यहाँ अर्को कार्यक्रममा सहभागी भएका थिए ।

सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम सञ्चालक पार्टीका झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफ गरेका थिए । यसबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्टीकरण दिँदै घटनालाई सामान्य बनाउन खोजेका थिए ।

श्रेष्ठ अभियानअन्तर्गत मोरङका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी भएनन् । सुनसरीका सभामा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष श्रेष्ठले समेत सम्बोधन गरिरहेका छन् । अभियानमा समाजवादी पार्टीका महेन्द्र राय यादव पनि जोडिएका छन् ।

शुक्रबारेमा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले यो अभियान जनताका समस्या बुझ्न र पार्टीको नीति, कमजोरी र कार्यदिशा बुझाउन आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन