2026-09-21 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याङ्‍जामा रेबिजको लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ | स्याङ्जामा रेबिजको लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। संक्रामक रोग फैलाउन नहुने कसुर गरेको भन्दै दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद पौडेलले जानकारी दिए।

वालिङ नगरपालिका-५ बस्ने ५५ वर्षीय राजेन्द्र केसी र वडा ८ का ५० वर्षीय शंसुदिन मियाँ पक्राउ परेका हुन्। उनीहरू गत मंगलबार पक्राउ परेका हुन्। डिएसपी पौडेलका अनुसार राजेन्द्र केसीले रेबिज लागेका घरपालुवा जनावर बेच्दैछ भन्ने सूचना प्रहरीले पाएको थियो।

एउटा भैँसी, एउटा पाडा, एउटा बाख्रा र एउटा पाठी केसीले मियाँलाई बेचिसकेका थिए। ती जनावरलाई ग २ च २७६० नम्बरको गाडीमा राखेर वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारीतर्फ लग्दै गरेको थाहा पाएपछि प्रहरी खटिएको थियो।

प्रहरीले उक्त गाडीमा ती जनावर मृत फेला पारेको थियो। जनावर बरामद गरी पशु प्राविधिक टोलीले परीक्षण गर्दा रेबिज लागेको पुष्टि भएको थियो।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार एउटा भैँसीलाई कुकुरले टोकेको थियो। कुकुरले टोकेपछि जनावर मर्ने थाहा पाएर केसील मर्नुअघि नै बेच्ने योजनाअनुसार काम अघि बढाएको ती अधिकारीले बताए। यसमा प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो