३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक गाडीमा कोड भाषा प्रयोग गरेर पकेट मार्ने आठजना स्वयम्भूबाट पक्राउ

१६ फाल्गुन २०८१, शुक्रबार १४:०९

काठमाडौँ | काठमाडौंको स्वयम्भू क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा पकेट मार्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले सार्वजनिक सवारी साधनभित्र शंकास्पद व्यवहार गरिरहेको अवस्थामा आठ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहार कसुरको मुद्दा चलाएर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार, उनीहरूले समूहमा सार्वजनिक बसभित्र बस्ने र विभिन्न कोड भाषा प्रयोग गरेर यात्रुहरूको पकेट मार्ने गरेको खुलेको छ ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–१ का २७ वर्षीय विदुर कमल, धादिङकै गल्छीका २८ वर्षीय विवेक ढुंगाना, सिन्धुपाल्चोकका विवेक तामाङ, काभ्रेका सनबहादुर तामाङ छन् ।

यस्तैगरी, सिन्धुपाल्चोकका शंखबहादुर योञ्जन, रौतहटका आकाश तामाङ, प्रकाश लामा र कसाङ तामाङलाई पक्राउ गरेको हो ।

अहिले प्रहरी वृत्त स्वयम्भूको कमान्डमा प्रहरी नावय उपरीक्षक (डीएसपी) उद्धव भाट छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट