३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पबाट चार जिल्ला प्रभावित, के छ हालसम्मको क्षतिको विवरण ?

१६ फाल्गुन २०८१, शुक्रबार १६:४९

काठमाडौँ | सिन्धुपाल्चोक केन्द्रविन्दु भई आज बिहान गएको भूकम्पबाट चार जिल्ला प्रभावित भएको छ । सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, सङ्खुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार एक पूर्ण रूपमा र तीन आंशिक रूप घरमा क्षति पुगेको हो । एक आंशिक गोठ र प्रहरी कार्यालयमा क्षति पुगेको विवरण उल्लेख छ । प्रहरीका अनुसार विस्थापित परिवारको सङ्ख्या ३, सामान्य घाइते ६ र घटना सङ्ख्या १३ रहेको प्रहरी विवरणमा छ ।

यो विवरण दिउँसो ३ बजे सम्मको भएको प्रहरीले जानकारी दिएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ भैरवकुण्ड केन्द्रविन्दु भएर बिहान २ : ५१ मा ६ दशमलव १ म्याग्निच्युड स्केलको भूकम्प आएको थियो ।

सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ । भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट