2026-09-06 09:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलले गाजामा रोक्यो सबै मानवीय सहायता

एजेन्सी | इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धविराम विस्तार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको जनाएको छ ।

‘युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्य भएको र हमासले जारी वार्ताका लागि विटकफको प्रस्ताव अस्वीकार गरेकाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा सबै सामान र आपूर्ति प्रवेश रोक्ने निर्णय गर्नुभएको छ,’ इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने उल्लेख गरिएको छ ।

हमास प्रवक्ता सामी अबु जुहारीले भने इजरायलले ‘सस्तो जालझेल’ र युद्धविराम सम्झौतामा ‘कू’ गरेको बताएका छन् । उनले इजरायललाई सहायता सामग्री आपूर्ति पुनः सुरु गर्न मध्यस्थकर्तालाई आग्रह गरेका बीबीसीले जनाएको छ ।

प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकको रिहाइ तथा शव हस्तान्तरणसँगै प्यालेस्टाइनी बन्दीहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौताका लागि दोस्रो चरणको वार्ता अगाडि बढाउन चाहेको छ । तर अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ग्यारेन्टी बिना दोस्रो चरणको युद्धविराममा सहमति हुन नसक्ने हमासको भनाइ छ ।

‘गाजामा जाँदै गरेको सहायता रोक्ने नेतान्याहुको निर्णयले इजरायलको कुरूप अनुहार देखाउँछ । हाम्रा जनतालाई भोकै पर्न नदिन अन्तर्राष्ट्रिय समुदायले इजरायली सरकारलाई दबाब दिनुपर्छ,’ हमास प्रवक्ताले भनेका छन् ।

नेतान्याहुको कार्यालयले शनिबार राति मुस्लिम रमदान र यहूदी ‘पासओभर’ को अवधिमा करिब ४ सातासम्म युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको उल्लेख गरेको थियो । तर यस अवधिको अन्त्यमा वार्ता समाप्त भयो भने इजरायलसँग युद्धमा फर्कने अधिकार सुरक्षित रहेको कार्यालयले जनाएको थियो ।

अमेरिकी विशेषदूत विटकफले भने आफ्नो प्रस्ताव सार्वजनिक गरेका छैनन् । तर इजरायलका अनुसार दोस्रो चरणको युद्धविराम बाँकी सबै जीवित बन्धकहरूको रिहाइ र मृतकमध्ये आधाको शव हस्तान्तरणबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ