Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपेली देशका नेताहरूसँग भेटेपछि जेलेन्स्कीले भने- ‘अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु तर…’

२०८१, १९ फाल्गुन सोमबार १२:०८

एजेन्सी | युरोपेली देशका नेताहरूसँगको वार्तापछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौता गर्न तयार भएको बताएका छन्।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको बहसपछि युरोपबाट स्पष्ट समर्थन प्राप्त गरेका उनले आफू अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका हुन्।

जेलेन्स्कीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा युरोपबाट केही बढी ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको जानकारी गराए। तर, उनले त्यसको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरिरहेका छन्।

‘शान्तिका लागि सबै एकजुट छन्। हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। यो सम्पूर्ण युरोपको माग हो,’ उनले भने, ‘स्पष्ट रूपमा हामी संयुक्त राज्य अमेरिकाको महत्त्व बुझ्छौँ र संयुक्त राज्य अमेरिकाबाट प्राप्त सबै सहयोगको लागि हामी आभारी छौँ। हामी अमेरिकाप्रति कृतज्ञ नभएको कुनै दिन नै छैन।’

यसअघि आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा धेरै युरोपेली देशका नेताहरूको बैठक भएको थियो, जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि उपस्थित थिए।

बीबीसीको प्रश्नको जवाफमा जेलेन्स्कीले भने, ‘म अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु, तर हाम्रो शर्त यो छ कि युक्रेनको अवस्था सुनिनुपर्छ।’

वास्तवमा, जेलेन्स्कीले खनिज सम्झौताको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको ग्यारेन्टी चाहन्छन्।

गत हप्ता शुक्रबार, अमेरिकी राष्ट्रपति भवनमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस भएको थियो। यस बहसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीमाथि धेरै हमला गरे।

यो बहस पछि, धेरै युरोपेली देशहरूले खुलेर युक्रेनलाई समर्थन गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली