२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरानमा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा बरामद

२०८१, २२ फाल्गुन बिहीबार १६:४०

काठमाडौँ | धरान उपमहानगरपालिकामा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान धरान–२० चिमफुले खोलाबाट गाँजा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले भरिया आउँदै गरेको अवस्थामा रोकेर चेक जाँच गर्न खोज्दा भरिया भारी छोडेर भागेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरी धनकुटाका ४३ वर्षीय हरिकुमार राई र ९ वटा बोरामा प्लास्टिकसहित दुई सय ३० केजी र प्लाष्टिक बाहेक दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।

हाल पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । फरार व्यक्तिको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ