४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर बालेन शाहलाई राजीनामा दिन आग्रह गर्दै दुर्गा प्रसाईले भने- बालेन भाइ, अब हाम्रो अभियानमा आउनुहोस्

२३ फाल्गुन २०८१, शुक्रबार १५:०९

काठमाडौँ | मेडिकल व्यवसायी एवम् राष्ट्र बचाउ महाभियाका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरुको अभियानमा सरिक हुन सुझाव दिएका छन् ।

उनले भने,‘बालेन भाइ, राजीनामा दिएर हाम्रा् अभियानमा आउन आग्रह गर्छु । स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’ आज आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब कांग्रेस र एमाले बिर्सिएर आफूहरुको अभियानमा आउन भने । उनले अहिलेको समय नै पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंको समय भएको पनि दाबी गरे । उने भने,‘यो समय राजा र दुर्गा प्रसाईंको हो ।’

उनले आफूले ८ महिना अघि नै अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि नेपालमा हिन्दूराष्ट्र फर्कने दाबी गरेकोले अहिले त्यो अवस्था आउन लागेको सुनाए । उनले राजा र हिन्दूराष्ट्रको लागि शक्ति प्रदर्शन गर्न भनेका छन् । उनले ज्ञानेन्द्र शाहले रक्तपातविहीन दरबार छोडेको दिनको सम्झना गराउँदै अहिले नेताहरुले पनि रक्तपातविहीन सिंहदरबार र बालुवाटार छोड्नुपर्ने सुझाव द्यिए ।

उनले भने,‘तिमीहरु नेतालाई यो मेरो चूनौति हो । हिजो राजाले रक्तपातविहीन राजदरबार छोडेका थिए । आज तिमीहरु नेताहरु असफल भयौं । सर्लक्क बालुवाटार र सिंहदरबार छोड । फागुत २५ गते त कास्टिङ हो । अब म र राजा मिलेर एकचोटी आह्वान गर्नेबितिक्कै नेपालमा सर्लक्क राजा आउँछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित