२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ एमाले मतगणना : ढकाल पक्षको अग्रता कायमै

२०८१, २३ फाल्गुन शुक्रबार १६:०९

मोरङ | नेकपा एमाले मोरङको मतगणनामा विनोद ढकाल पक्षले अग्रता कायम राखेको छ । गणना भएको ६८० मतमा नेता विनोद ढकालले अगाडि सारेको टिमबाट अध्यक्षका उम्मेदवार अजम्बर राईले ३३२ मतसहित अग्रता कायम राखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको साथ पाएका राजकुमार ओझाले ३२१ मत पाएका छन् । उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत पाउँदा संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ३०५ मत पाएकी छन् ।

उता सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत ल्याएका छन् । संस्थापन पक्षीय रविन थापाले २८६ मत पाएका छन् । उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत, संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मत पाएका छन् । महिला सहसचिवमा भने संस्थापन पक्षीय शिल्पा निराला कार्कीले अग्रता लिएकी छन् ।

३२३ मत पाएकी छन् भने ढकाल पक्षकी उम्मेदवार उषा झाले ३०८ मत पाएकी छन्। विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। अब २०८ मतको गणना गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा ८ सय ८८ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा