2026-09-21 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल पसल डुबेपछि सामाजिक सञ्जालमार्फत ठगी धन्दा..

काठमाडौँ | सामाजिक सञ्जाल ‘फेसबुक’ दुरुपयोग गरेर ठगी धन्दा चलाउने धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएका २७ वर्षीय नारायणदत्त खकुराललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई फागुन २० मा काठमाडौँको लोलाङ हाइटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । उनले फेसबुकमा अर्काको नामको नक्कली आइडी खोलेर विभिन्न बहानामा रकम लिएर सम्पर्कविहीन हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
काठमाडौँको तार्केश्वर नगरपालिका–५ लोलाङ हाइटमा बस्ने नारायणदत्त खकुराल पहिले गोङ्गबुमा मोबाइल पसल चलाउँथे । कोभिड–१९ सङ्क्रमण सुरु भएसँगै मोबाइल पसलमा सङ्कट आयो । भाडा तिर्न नसकेपछि उनले पसल बन्द गरे ।
रोजगारीका लागि दक्षिण कोरिया जानेहरूको फेसबुकमा प्रवेश गरेर खकुरालले उनीहरूको आफन्तको बारेमा सूचना लिन्छन् । अनि, ती आफन्तको नाम र फोटो खारेर आइडी तयार गर्छन् । त्यसपछि म्यासेज गरेर भन्छन्, ‘मलाई यो क्युआरमा पैसा पठाइदिनुस्, म समस्यामा छु ।’

उनले आफन्त बिरामी परेको वा अन्य समस्या देखाउँछन् । खकुरालले क्युआर समेत कफी शप, कम्युनिकेसन र किराना पसलको दिने गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर नेत्र भट्टराईका अनुसार कम्युनिकेसन र कफी शपको क्युआर माग्दै उनले भन्थे– ‘मेरो बैङ्क खाता छैन, मलाई समस्या परेको हुनाले तपाईंको क्युआरमा पठाउन लगाउँछु ।’

आरोपीले ठमेलस्थित एउटा कफी शप र माछा पोखरीमा सञ्चालित रजत कम्युनिकेसनको क्युआर मागेर ६ लाख रुपैयाँ ठगेको भेटिएको छ । इन्स्पेक्टर भट्टराई भन्छन्– ‘कफी शपको नाममा उनले कोरियाबाट ५० हजार मगाएको देखिन्छ ।’

कोरियामा बस्नेहरूसँग बहाना बनाएर मगाएको रकमको केही प्रतिशत क्युआर बाहकलाई पनि उनले दिन्थे । धेरैपटक रकम मगाउन थालेपछि रजत कम्युनिकेसन सञ्चालकले उनीसँग आधिकारिक कागजात मागेका थिए ।

कम्युनिकेसन सञ्चालकलाई उनले विजय खड्काको नामको नागरिकताको फोटोकपी दिए । कम्युनिकेसनको क्युआरमार्फत उनले ५ लाख ३१ हजार रकम ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनले लगातार ठगेको उजुरी परेपछि प्रहरीको साइबर ब्यूरोले पनि त्यसबारे अनुसन्धान थालेको थियो । खकुरालले ठग्नको लागि ७ वटा नक्कली आइडी प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ठगेको रकमले उनले महँगो आइफोन र मोटरसाइकल किनेको पाइएको छ ।

उनको मोबाइल र मोटरसाइकल बरामद गरिएको एसपी आचार्यले बताए । उनले भने, ‘उनलाई थप अनुसन्धान र कारबाहीका लागि हामीले जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो