६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल पसल डुबेपछि सामाजिक सञ्जालमार्फत ठगी धन्दा..

२३ फाल्गुन २०८१, शुक्रबार १८:२२
काठमाडौँ | सामाजिक सञ्जाल ‘फेसबुक’ दुरुपयोग गरेर ठगी धन्दा चलाउने धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएका २७ वर्षीय नारायणदत्त खकुराललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई फागुन २० मा काठमाडौँको लोलाङ हाइटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । उनले फेसबुकमा अर्काको नामको नक्कली आइडी खोलेर विभिन्न बहानामा रकम लिएर सम्पर्कविहीन हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
काठमाडौँको तार्केश्वर नगरपालिका–५ लोलाङ हाइटमा बस्ने नारायणदत्त खकुराल पहिले गोङ्गबुमा मोबाइल पसल चलाउँथे । कोभिड–१९ सङ्क्रमण सुरु भएसँगै मोबाइल पसलमा सङ्कट आयो । भाडा तिर्न नसकेपछि उनले पसल बन्द गरे ।
रोजगारीका लागि दक्षिण कोरिया जानेहरूको फेसबुकमा प्रवेश गरेर खकुरालले उनीहरूको आफन्तको बारेमा सूचना लिन्छन् । अनि, ती आफन्तको नाम र फोटो खारेर आइडी तयार गर्छन् । त्यसपछि म्यासेज गरेर भन्छन्, ‘मलाई यो क्युआरमा पैसा पठाइदिनुस्, म समस्यामा छु ।’

उनले आफन्त बिरामी परेको वा अन्य समस्या देखाउँछन् । खकुरालले क्युआर समेत कफी शप, कम्युनिकेसन र किराना पसलको दिने गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर नेत्र भट्टराईका अनुसार कम्युनिकेसन र कफी शपको क्युआर माग्दै उनले भन्थे– ‘मेरो बैङ्क खाता छैन, मलाई समस्या परेको हुनाले तपाईंको क्युआरमा पठाउन लगाउँछु ।’

आरोपीले ठमेलस्थित एउटा कफी शप र माछा पोखरीमा सञ्चालित रजत कम्युनिकेसनको क्युआर मागेर ६ लाख रुपैयाँ ठगेको भेटिएको छ । इन्स्पेक्टर भट्टराई भन्छन्– ‘कफी शपको नाममा उनले कोरियाबाट ५० हजार मगाएको देखिन्छ ।’

कोरियामा बस्नेहरूसँग बहाना बनाएर मगाएको रकमको केही प्रतिशत क्युआर बाहकलाई पनि उनले दिन्थे । धेरैपटक रकम मगाउन थालेपछि रजत कम्युनिकेसन सञ्चालकले उनीसँग आधिकारिक कागजात मागेका थिए ।

कम्युनिकेसन सञ्चालकलाई उनले विजय खड्काको नामको नागरिकताको फोटोकपी दिए । कम्युनिकेसनको क्युआरमार्फत उनले ५ लाख ३१ हजार रकम ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनले लगातार ठगेको उजुरी परेपछि प्रहरीको साइबर ब्यूरोले पनि त्यसबारे अनुसन्धान थालेको थियो । खकुरालले ठग्नको लागि ७ वटा नक्कली आइडी प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ठगेको रकमले उनले महँगो आइफोन र मोटरसाइकल किनेको पाइएको छ ।

उनको मोबाइल र मोटरसाइकल बरामद गरिएको एसपी आचार्यले बताए । उनले भने, ‘उनलाई थप अनुसन्धान र कारबाहीका लागि हामीले जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या