2026-06-19 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

2017-07-28


साउन १३, तेह्रथुम । जिल्लाको छथर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । 

गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यु, चोली र ढाकाको पछ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । 

विहीबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले कुनै पनि औपचारिक कार्यक्रममा जनप्रतिनिधिको रुपमा सहभागी हुँदा नेपाली पोशाक लगाउने र जिल्लाको गहनाको रुपमा ढाका कपडाको प्रवर्धनका लागि ढाकाका कपडा समेत प्रयोग गर्ने निर्णय भएको अध्यक्ष सन्तवीर तिगेलाले बताउनुभयो । 

बैठकले गाउँपालिकामा निर्वाचित कोही पनि प्रतिनिधिलाई बेरोजगार वा फुर्सदिलो नहुने गरी विभिन्न १० वटा विषयगत समितिहरु समेत गठन गरेको छ । गाउँ कार्यपालिकाले विगतदेखि हालसम्म सन्चालनमा रहेका सबै योजनाहरुको अनुगमन, निरीक्षण र पारदर्शी बनाउनमा जोड दिने निर्णय गरेको छ । 

बैठकले गाउँपालिकाको प्रवक्तामा राजन नेपालीलाई तोकेको छ । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा निर्वाचित भएकामध्ये सबैभन्दा कान्छा प्रमुखका रुपमा चर्चामा आएका युवा नेता तिगेलाले पाँच वर्षभित्र गाउँपालिका लाई नमुना गाउँपालिका बनाउने गरी टिमलाई क्रियाशील बनाएर काम गर्ने बताउनुभयो ।

गाउँपालिकाको समृद्धिका लागि निर्वाचित भएका सबै जनप्रतिनिधिहरुलाई सक्रिय राख्न सबैको आ–आफ्नो क्षमता र दक्षता बमोजिमको जिम्मेवारी दिइसकेको उहाँले बताउनुभयो । ‘कोही पनि नदोहोरिने र बेरोजगार नहुने गरी विषयगत समितिहरु निर्माण गरी काम थाल्ने निर्णय गरेको छु,’ उहाँले भन्नुभयोे । ती विषयगत समितिहरुमा वडाध्यक्षहरु समेत परेका छैनन् । 

‘वडाध्यक्षहरु लाई वडाको विकासमा केन्द्रित गराउँछु, बाँकी सदस्यहरुको सक्रिय भूमिका सिंगो गाउँपालिकामा केन्द्रित गराउँछु, मेरो चाहना कोही पनि साथीहरु बेरोजगार अथवा फुर्सदिलो हुनुनपरोस् भन्ने हो,’ अध्यक्ष तिगेलाले भन्नुभयो । गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष तारा ढकालको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति, ५ सदस्यीय मेलमिलाप समिति, ७ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र राजस्व परामर्श समिति गठन भएको छ । 

यस्तै अध्यक्ष तिगेलाको संयोजकत्वमा ५ सदस्यीय श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, राजन नेपालीको संयोजकत्वमा ५ सदस्यीय पुर्वाधार विकास समिति, लाक्पा छिरी शेर्पाको संयोजकत्वमा ५ सदस्यीय आर्थिक विकास समिति, कमला नेपालीको संयोजकत्वमा ५ सदस्यीय बातावरण तथा विपद व्यवस्थापन समिति, मन्दिरा कार्कीको संयोजकत्वमा ५ सदस्यीय विधेयक निर्माण समिति गठन भएको प्रवक्ता राजन नेपालीले जानकारी दिनुभयो । यस्तै विष्णुमाया थापाको संयोजकत्वमा ५ सदस्य सामाजिक सेवा तथा क्षमता विकास समिति र हस्तमाया लिम्बुको संयोजकत्वमा ५ सदस्यीय सामाजिक विकास समिति गठन भएको उहाँले बताउनुभयो ।

कार्यपालिकाको बैठकले भाद्र १५ गते गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नेगरी सबै वडाको बजेट तथा कार्यक्रम तयारीका लागि योजना तर्जुमा बैठकको मिति तय गरेको छ । गाउँपालिकाबासीको माग, चाहना र भावना बमोजिम चौतर्फी विकास हुनेगरी बजेट तथा कार्यक्रम तयारी गर्न निर्देशन गरेको अध्यक्ष तिगेलाले बताए । छथर गाउँपालिकाका लागि सरकारले २३ करोड ४५ लाख बराबरको बजेट सीमा तोकि सकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो