२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुम्रे किराले बाली काट्दा किसान चिन्तित

२०७४, १३ श्रावण शुक्रबार ०६:२८


नन्द बहादुर रोकाया/साउन १३, मुगु । मुगु जिल्लामा खुम्रे किराले खेतबारीमा लगाएको बाली काट्दा किसान हैरान भएका छन् । 

जिल्लाको अधिकांश क्षेत्रमा खुम्रे किराले बाली काटेर नोक्सानी पु¥याएपछि किसान हैरान भएका हुन् । किसानले लगाएका धान, कोदो खुर्सानी सिमी लगायतका बालीमा खुम्रे किराले जरा काट्दा लगाएका बालीका बोट सुक्दै गएको किसानहरुको भनाई रहेको छ । 

खुम्रे किराका कारण आफ्नो बारीमा भएको सबै बालिहरु सखाप पारेपछि आफु चिन्तित भएको छायाँनाथ रारा नगरपालिका वडा नं ७ किसानले बताएका छन । बिगतका बर्षहरुमा पनी किराले बिभिन्न बालिनालीहरुमा क्षति पु¥याउने गरेको सुनाउदैँ पदमकलाले भन्नुभयो ‘पहिलेका बर्षमा पनी बालिनाली क्षति गर्ने गरेको थियो, यस बर्ष पनी किराले बालिनाली काटिरहेको भेटिन्छ ’। 

किसान सुवाकला साहनीका अनुसार बारीमा लगाएका एउटै बालीमा मात्र नभएर अधिकाशं बालीका जराहरु किराले काटिदिने गरेको बताउनुभयो ।यता जिल्ला कृषि बिकास कार्यलय मुगुले भने खुम्रे किराको प्रकोपका बारेमा कृषकहरुले जानकारी नगराएको र कहि कृषकहरुबाट जानकारी आएमा प्राविधिक पठाउन कार्यालय तयारी अवस्थामा रहेको जनाएको छ । 

मुगु सहितका अन्य जिल्लाहरुमा पनी पनी प्रत्येक बर्ष खुम्रे किराले कृषकहरुको बालिनालीमा असर पु¥याउने भएको भएपनी कृषकहरु कार्यालयसगँ प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा जोडिन नसक्दा समस्या भएको समेत कार्यालयका कृषि प्रसार अधिकृत राम सुरत पालले जानकारी दिनुभयो । 

यदि, कृषकहरुको बालीमा कुनै पनी प्रकारको समस्या भएको तत्काल कार्यालयमा जानकारी गराउन समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँका अनुसार मुगुका किसानले खेतबारीमा काँचो गोबर मल हाल्ने गरेकाले पनी खुम्रे किराको प्रकोप बढ्ने गरेको बताईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो