Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहीलाई रिमालको जवाफ: पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्

२०८१, २६ फाल्गुन सोमबार १२:०२

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौँमा आयोजित र्‍यालीमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखेको आरोप लगाएपछि नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले खण्डन गरेका छन्।

हिजो पूर्वराजा ज्ञानेन्द्र शाह लामो समयको पोखरा बसाईपछि काठमाडौं फर्किएका थिए। उनको स्वागतका लागि राप्रपाको निर्देशनमा राजावादीहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए। सोही क्रममा भीडमा योगी आदित्यनाथको फोटो पनि देखिएको थियो। योगीले राजा फर्काउन आह्वान गरेको भन्दै यसको चौतर्फी चर्चा, बहस र आलोचनासमेत भइरहेको छ। यसैको खण्डन गर्दै राप्रपका प्रमुख सचेतक शाहीले उक्त फोटो एमालेकै निर्देशनमा राखिएको पाइएको बताएका थिए।

सांसदसमेत रहेका शाहीले यस्तो आरोप लगाउँदै फेसबुक पोस्ट आफूलाई ट्याग गरेपछि रिमालले यो कुरा भ्रम भएको भनी जवाफ फर्काएका हुन्।  ‘पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्’, रिमालले लेखेका छन्, ‘पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्।’

एमाले उपमहासचिव रिमालले अगाडि लेखेका छन्, ‘डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटि एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवालजवाफ गर्नु छैन। कसले कहाँ के गर्दै छ- समाचार त आएकै छ नि!’

जसका विषयमा गणतन्त्रवादीहरूले व्यापक आलोचना गरिरहेका छन्। यसै क्रममा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र एमाले उपमहासचिव विष्णु रिमालबीच सामाजिक सञ्जालमा दोहोरी परेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै