Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सहचालकले गाडी चलाउँदा वृद्धाको मृत्यु

By kit

साउन १३, चितवन । पश्चिम चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ ।

जगतपुरबाट काठमाडाँै जान लागेको ग १ ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका– २३ की ७५ वर्षीय चिनीमाया भुजेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

काठमाडाँै जान लागेका नातिलाई माइक्रोबसमा पठाउनका लागि आउनुभएकी भुजेलको सोही माइक्रोबसको ठक्करबाट आज मृत्यु भएको हो ।

सहचालकले ब्याक गर्ने क्रममा पछाडी रहनुभएकी वृद्धालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

गीतानगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार माइक्रोबससहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव भरतपुर अस्पतालमा राखिएको छ । रासस