Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहीले ‘वडाध्यक्षमा उठ्नुस्’ भनेपछि रिमालले सुनाए ‘न्युटनका बिरालाको कथा’

२०८१, २७ फाल्गुन मंगलवार १२:२५

काठमाडौँ | राजावादीको शक्ति प्रदर्शनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा भनाभन जारी छ।

राजावादीहरूको प्रदर्शनमा आदित्यनाथको तस्बिर प्रयोग गरिएपछि एमाले उपमहासचिव रिमालले पनि सामाजिक सञ्जालमा त्यो तस्बिर राख्दै आलोचना गरेका थिए। त्यसपछि सांसदसमेत रहेका शाहीले उक्त तस्बिर प्रधानमन्त्री ओलीकै निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाउँदै सोमबार फेसबुकमा लेखेका थिए।

जवाफमा रिमालले त्यो कुरा भ्रम भएको खण्डन गर्दै शाहीलाई ‘नालायक’को संज्ञा दिए। जसमा मंगलबार बिहान फेरि शाहीले टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘आदरणीय भनौँ भने कसरी भनौँ- तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ। प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुइँया दिन बन्द गर्नुहोस्। अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ, के प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताले चुनेका हुन्? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन्? लोकतन्त्र त तपाईँहरूजस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो। लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र, तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्।’

यस क्रममा एमाले उपमहासचिव रिमालले पनि जवाफ फर्काएका छन्।  शाही कसरी सांसद हुन सफल भए भन्ने विषयमा व्यंग्य गर्दै रिमालले ‘न्युटनका बिरालाको कथा’ सुनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली