३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोराभित्रबाट महिला शव फेला: धूप बालेर २ दिनसम्म कोठामै लुकाए गन्हाउन थालेपछि बागमतीमा फाले

खुलेन मृतकको पहिचान
२७ फाल्गुन २०८१, मंगलवार १३:३२

काठमाडौँ | शनिबार बिहान साढे ११ बजेतिर प्रहरी कन्ट्रोलमा एउटा रहस्यमय सूचना प्राप्त भयो— “बागमती नदीमा बोराभित्रबाट महिलाको हात निस्किएको छ।” गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती नदीमा पूजा गर्न गएका एक व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्ला प्रहरी परिसर, र प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुग्यो। खोलाबाट शव निकाल्दा महिलाको शरीर बोराभित्र कपडाले बेरिएको थियो भने खुट्टा प्लास्टिकको टेपले बाँधिएको अवस्थामा फेला पर्यो। प्रारम्भिक अनुसन्धानमा प्रहरीले हत्या गरेर शव फालिएको हुनसक्ने निष्कर्ष निकालेको थियो।

प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गरी अनुसन्धान अघि बढायो। वडा कार्यालयको सीसीटीभी फुटेजमा शव बोकेर लैजाँदै गरेको दृश्य देखिन्थ्यो। एक जना अगाडि थिए भने चार जनाले बोरा बोकेका थिए। उनीहरूले शव नदीमा फालेपछि फर्किएको देखियो। त्यसपछि उनीहरू शिवचोक नजिकैबाट हिँडेका थिए। चार जना पुल तरेर राधाकृष्ण मन्दिर नजिकैको गाई फार्मको टहरामा पुगेका थिए भने एक युवती सिन्धुपाल्चोकतर्फ गएकी देखिन्थिन्।

प्रहरीले ती चार जनाको खोजी तीव्र पार्यो। अनुसन्धानकै क्रममा एक स्थानीय महिलाले प्रहरीलाई ती व्यक्तिहरू नजिकै बस्ने बताइन्। त्यसपछि प्रहरीको टोली गोठाटारको एक कोठामा पुग्दा तीन युवक र एक नाबालक सुतेको अवस्थामा फेला परे। प्रहरी टोलीले शनिबार राति साढे १० बजेतिर उनीहरूलाई नियन्त्रणमा लियो।

नाबालकले प्रहरीलाई सम्पूर्ण घटनाबारे बयान दिए। उनका अनुसार घटना पूजाको कोठामा भएको थियो। पूजासँगै मृतक महिला र दुई जना पुरुष रातभर बसेका थिए। उनीहरूले रक्सी सेवन गरेका थिए। भोलिपल्ट बिहान पूजाले महिलाको शव देखेपछि साथीहरूलाई बोलाइन्। त्यसपछि उनीहरूले शव व्यवस्थापन गर्ने निर्णय गरे। शवलाई बोराभित्र राख्नका लागि खुट्टामा प्लास्टिकको टेप बाँधिएको थियो।

नाबालककै बयानका आधारमा प्रहरीले सिन्धुपाल्चोक गएकी पूजा परियार र माकलबारीतर्फ लागेका पेम्बा तामाङ को खोजी सुरू गर्‍यो। आइतबार पूजा परियार सिन्धुपाल्चोकबाट काठमाडौं फर्किरहेको अवस्थामा लोकन्थलीमा पक्राउ परिन्। प्रहरीले पक्राउ परेका सबैलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले घटनामा संलग्न सबै जनालाई पक्राउ गरिसकेको जानकारी दिए। तर, मृतक महिलाको पहिचान भने अझै खुलेको छैन।

पक्राउ पर्नेहरूमा सर्लाहीका २५ वर्षीय कैलाश खड्का, मकवानपुरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, एक नाबालक, सिन्धुपाल्चोककी २० वर्षीया पूजा परियार र मकवानपुरका १९ वर्षीय पेम्बा तामाङ रहेका छन्।

पूजा र ती महिलाबीच घटनाको केही दिनअघि मात्रै एउटा होटेलमा भाँडा माझ्ने काम गर्दा भेट भएको थियो। ती महिला पनि रक्सी खान्थिन्। पूजाले उनलाई दिदी भनेर बोलाउने गरेको र ओखलढुंगातिर घर भनेको बताए पनि आफूले नामसमेत थाहा नपाएको बयान दिएकी छन्। फागुन २० गते दिउँसो गोठाटारको खाजा पसलमा रक्सी खाएर पूजाको कोठामा फर्किएको उनीहरूको बयान छ। पूजा, कैलाश र सुरेश भने मृतक महिलासँगै रक्सी खाएर बसेका थिए।

कैलाश र सुरेशले राति ती महिलासँग शारीरिक सम्पर्क राखेको र त्यस क्रममा उनी बेहोस भएपछि राति नै कोठाबाट भागेर गोठाटार पुगेको बयान दिएका छन्।  पूजाले भने सोही कोठामा रक्सीको नसामा सुतेकाले एकैपटक भोलिपल्ट बिहान मात्रै ब्युँझिएको बताएकी छन्। भोलिपल्टसँगै सुतेकी महिलालाई मृत देखेपछि अरूलाई बोलाएको बताएकी छन्।

घटनाका आरोपीहरूले शवलाई कोठामा दुई दिनसम्म राखेका थिए, गन्हाउँछ भनेर धूप समेत बालेका थिए। शव गन्हाउन थालेपछि बोरामा हालेर राति ४ बजेतिर बागमती नदीमा फालिएको बयान दिएका छन्।

प्रहरीले मृतक महिलाबारे थप जानकारी खोज्न ओखलढुंगासम्म परिपत्र पठाएको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ। पक्राउ परेका मध्ये दुई जना यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली