साउन १३, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा आज सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा आज सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको स"/>

2026-06-19 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सूचनाको हकको व्यवहारिक प्रयोग वृद्धि गर्नुपर्नेमा जोड

2017-07-28


साउन १३, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा आज सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सूचना शक्तिको श्रोत भएकाले सूचना सन्चय गरेर राख्ने अनि आफु शक्तिशाली बन्ने कारणले सूचनाको हकको कार्यान्वयन हुन नसकिरहेको धारणा राख्नुभयो । उहाँले दुर्गमका नागरिकले सूचनाको अधिकार बारे थाहा नै नपाएको बताउनुभयो । 

सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने निष्कर्ष भन्दै प्रजिअ खनालले त्यसको व्यवहारिक प्रयोगमा सबै नागरिकको पहुँच पु¥याइनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष मेहन्द्रप्रसाद काफ्लेले जिल्लाका सरकारी कार्यालयमा सूचना अधिकारी छ भन्ने नै नागरिकलाई थाहा नहुने गरेको बताउनुभयो । 


उहाँले सूचना अधिकारीको तस्विरसहितको विवरण सार्वजनिक स्थलमा राख्नुपर्ने व्यवस्था भएपनि जिल्लामा त्यसको अभ्यास हुन नसकेको बताउनुभयो । कार्यक्रममा सहभागीले सूचनाको हकका सम्बन्धमा सूचनाको हकको कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै सन्चार क्षेत्र र राज्यले यसको कार्यान्वयनमा महत्वपुर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति मार्फत राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा पत्रकार महासंघ तेह्रथुम शाखाले आयोजना गरेको हो । 

जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरु, सूचना अधिकारकर्मीहरु र सन्चारकर्मीहरु सहभागी कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयप्रकाश बस्नेतले सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलनका सम्बन्धमा सहजीकरण गर्नुभयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी खनालको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो