2026-09-03 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अविवाहित १६ बर्षिया युवतीले जिउँदै गाडेको शिशु खाल्डोभित्रै रोएपछि…


साउन १३, नयाँ दिल्ली । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउदै गाडेर छोडेपनि ती शिशु रोएको गाउँलेले सुनेपछि जिवीतै खाल्डोबाट निकालिएको छ । 

खाल्डोमा पुरेर छोडेको कैयौँ घन्टापछि पनि ती शिशु जिवीतै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ । 

एक १६ बर्षिया युवती बलात्कृति भएर जन्मिएको त्यस शिशुलाई समाजमा लाजको डरले खाल्डोमा पुरेर छोडेकी थिइन् । 

अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन् । जन्मेको एक हप्तापछि घरभन्दा केही परको चौरमा उनलाई गाडेको अवस्थामा गाउलेले भेटेका थिए । 

उनले त्यस शिशुलाई सडक नजिक चौरमा गाडेको र सोही बाटो भएर गाउका महिला हिँडीरहेको अवस्थामा बच्चा रोएको आवाज सुनेपछि माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा बच्चा रोइरहेको पाइएको गाउले बताउछन् । 

त्यसपछि उक्त शिशुलाई बरवानी जिल्लाको अस्पताल भर्ना गरिएको छ । शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘शरीरभरि लामखुट्टे र किराले टोकेका दाग छन् र माटो उर्छेर शरीर सबै रातो भएको छ, हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुदै गएको छ ।’ 

गतहप्ता भएको उक्त घटनाको जानकारी प्रहरीले शुक्रबार मात्र दिएको हो । प्रहरीले ती युवतीको नाम भने सार्वजनिक गरेको छैन । 

ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आफू गाउकै एक १७ बर्षको युवकबाट बलात्कृत भएर सो बच्चा जन्मिएको बताएकी छिन् । 

प्रहरीले सो युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । त्यस युवकले आफूले ती युवतीसँग विवाह गर्न स्वीकार गरेपनि बच्चा भने नस्वीकारेको जानकारी प्रहरीलाई गराएका थिए । 

ती युवतीका बुबाआमाले पनि त्यस युवकलाई विवाह गर्न दबाब दिएको तर उसले आफूले बच्चा नस्वीकार्ने बताएको जानकारी युवतीका बुबाले प्रहरीसामु गराएका छन् । 

भारतमा १८ बर्षभन्दा कम उमेरमा गरिने यौन सम्पर्कलाई बलात्कारका रुपमा लिने कानुनी प्रावधान छ । भारतका गाँउ गाँउमा बलात्कारका घटना निकै बढ्ने गरेको छ । 

भारतको सरकारी तथ्याङ्कमा सन् २०१५ मा मात्र करिब २० हजार बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । 

बलात्कारजस्ता कार्यलाई निरुत्साहित गर्न भारतमा कडा कानुनी व्यवस्था गरिएको भए पनि यस्ता दुव्र्यबहारमा कमी आउन सकिरहेको छैन । रासस/एएफपी 

फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही