३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभियुक्तलाई पक्राउ गर्न जाँदा स्थानीय र प्रहरीबिच झडप, एक प्रहरीको मृत्यु

२९ फाल्गुन २०८१, बिहीबार १२:१३

एजेन्सी | बिहारको अररियामा एक अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरी र स्थानीयबिच बुधबार झडपको क्रममा लडेर एक सहायक उप–निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजीव रञ्जन मल्ल रहेका छन् ।

राजीव रञ्जन मल्ल अररियाको फुलकाहा प्रहरी चौकीमा कार्यरत थिए। बुधबार राति फुलकाहा प्रहरी चौकीले लक्ष्मीपुर भन्ने गाउँमा एक अभियुक्तको उपस्थितिको बारेमा सूचना प्राप्त गरेको थियो । त्यसपछि प्रहरी चौकीको सम्पूर्ण टोलीले राति अबेर गाउँमा छापा मारेको थियो।

यसै क्रममा गाउँलेहरूले उनलाई धकेले जसमा उनी गम्भीर घाइते भएको अररियाका एसपी अञ्जनीकुमारले बीबीसीलाई जानकारी दिए । उनले भने, ‘फुलकाहा प्रहरी चौकीका एएसआई राजीव रञ्जन मल्ल लागुऔषध तथा हातहतियार ऐनअन्तर्गत एक अभियुक्तलाई पक्राउ गर्न गएका थिए। फुलकाहा प्रहरी चौकीको सम्पूर्ण टोली उनीसँगै थियो। अभियुक्तलाई पक्राउ गरेपछि गाउँलेहरूले एएसआईलाई धकेलेर छुटाउन खोजे।’

उनले थपे, ‘यसैबीच, राजीव रञ्जन लडे, उनलाई उपचारको लागि अस्पताल ल्याइयो, जहाँ उनको मृत्यु भयो। शवको पोस्टमार्टम भइरहेको छ। त्यसपछि मृत्युको कारण थाहा हुनेछ।’ झडपको क्रममा अभियुक्त भाग्न सफल भएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली