२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काजक्रियाका लागि सहयोग उठाईने, रक्सी–मासु खाए हजार तिराईने

१५ श्रावण २०७४, आईतवार ०२:३१

प्रेम सुनार | साउन–१५, गुल्मी । दलित समुदायका नागरिकको मृत्यु संस्कारमा रहेका कुरीति हटाउने  बाग्लुङ्ग जिल्लाको  निर्णय घोसाखानी दलित सन्जालले गरेको छ । 

ढोरपाटन नगरपालिका वडा नं–३ साबिक बुर्तिवाङ गाविसको घोसामा रहेको स्वतन्त्र दलित सञ्जालको टोल भेलाले यस अघि दलित समुदायमा मृत्यु संस्कार ,काजक्रियामा परम्परादेखी चलिआएका केहि नराम्रा चलन , कुरीतिहरु हटाउने निर्णय गर्दै  त्यहाँ स्थित बलजनी सुनारको मृत्युपछि पहिलोपटक कार्यान्वयनमा  समेत ल्याइईको  अध्यक्ष नरबहादुर सुनारले बताए ।

करेन्ट लागेर मृत्यु भएकी सुनारको काजक्रियामा सञ्जालले गरेको निर्णयलाई गाउँवासीले पालना गर्दै   ५७ हजार नगद सहयोग  संकलन गरेका छन् । यस अघि दलित समुदायमा कसैको मृत्यु हुँदा शवमा पैसाको माला लगाउने, छोरी चेलीहरुले कपडा ओढाउने, जाड रक्सी खाने, पशु बली चढाउने, खानामा मासु भात प्रयोग गर्ने जस्ता पुराना कुसंस्कार थिए  हटाउने निर्णय गरिएको छ ।  

  उक्त निर्णय पालना नगरे सञ्जालले  १० हजार सम्मको जरिवाना गर्ने निर्णय  समेत गरेको छ । त्यस स्थानका दलित समुदायको घरपरिवारमा हुने काजक्रियामा  प्रत्येक घरधुरीले सहयोग स्वरुप २ सय ५० नगद संकलन गर्ने निर्णय गरिएकोले विभिन्न परिवारलाई साहुको व्याजमा पर्न नपर्ने सञ्जालको ठम्याईछ । 

सञ्जालले चाड पर्व पनि भड्कीले नबनाउने र दलित समुदयमा हुने फजुल खर्चको खोजी गर्दै त्यसलाई हटाउँदै लगिने पनि सञ्जालका अध्यक्ष सुनारले बताए । यता गुल्मी स्थित साविकको बडागाउँमा खड्गथोकी थरका बिश्वकर्माहरुले नगद र प्रतिघरधुरी एक एक पाथी चामल समेत काजकिरियामा रहेको परिवारलाई दिदै आई रहेको झण्डै १५ वर्ष हुन लागेको त्यहाँस्थित दलित अगुवा गोमबहादुर सुनारले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य