२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए

२०८१, १ चैत्र शुक्रबार १४:३९

काठमाडौँ | गैरकानुनी तरिकाले बसिरहेका आप्रवासीमाथि अमेरिका कठोर बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ नीति कार्यान्वयन गर्न अमेरिका कठोर बन्दै गएको हो।

अमेरिकाको आइसीई प्रहरीले अवैध तरिकाले बसिरहेका नेपालीहरूलाई पनि निगरानीमा राखेको छ। पछिल्लो दुई महिनामा आइसीई प्रहरीले ४० बढी नेपालीलाई पक्राउ गरी अमेरिकाबाट निकालेको छ।

हालैमात्र अमेरिकाको चार्टर जहाजमार्फत ११ नेपालीलाई काठमाडौं ल्याइपुर्‍याएको थियो। गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाएको थियो।

यसैबीच अमेरिकाले थप दुई नेपालीलाई डीपोर्ट (निष्कासन) गरेको छ। उनीहरूलाई यसै साता एयर इन्डियाको विमानबाट नेपाल फिर्ता पठाएको हो।

स्रोतका अनुसार केसी र बुढाथोकी थरीका १-१ जनालाई नेपाल फिर्ता पठाएको हो। उनीहरू लुकीछिपी अमेरिका बस्दै आएको स्रोतक भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल