2026-09-20 10:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइ‌माराको…

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई लक्षित गर्दै कविता सुनाएका छन् ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ कार्यक्रममा उनले कविता सुनाएका हुन् ।

उनले “आजकल शहरमा काग-काग कराउँदै उडिरहेछन् आफ्नै सभ्यतामाथि विष्टयाइरहेछन्” भन्दै राजावादीप्रति कटाक्ष गरेका छन् ।

ओलीको कविता –
हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन लेमन ट्री, बुढानिलकण्ठ ॥
अञ्जुली भित्र सजायर राखेको हिरा नेपाल
यसको स्पन्दनकेन्द्र मुटु काठमाडौ
एउटा संकल्प सुवर्ण
एउटा वृहद मिलन, सम्मिलन, हिमवत्खण्डको । कथा – होगा बाट भूइँमा
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाई, उन्माद,
लडाई ! उन्माद, आर्तनाद !
कठीन तर गौरवको यात्रा
प्रेम पछि प्रेमको कथा, हिमवत्खण्ड !
तर समय फेरिएको 
शहरले धेरै कुरा बिर्सिएको छ ।
नकल धेरै गर्छ, हल्लाका पछि कुद्छ
“आजकल शहरमा काग, काग” कराउँदै उडिरहेछन् आफ्नै सभ्यतामाथि विष्टयाइरहेछन्
ओहो भाषा !
मनाभन ! सांचो झुटो
शहरमा खोजि भैरहेछ हराएको मूर्तिको मूर्ति आफै थाप्न, मूर्तिलाई छाउन मदत गर्नेको

खाजि भै रहेछ भाइ‌माराको राष्ट्रिय पकेटमाराको !
तानातान छ गतिको रथ र पाङ्‌ग्राको
अधितिर तान्ने कि पछि तिर तानो!
तर,
हिमवत्खण्ड 
अघि‌बढ्ने बाटो खोजिरहेछ
अधि बढ्‌ने बाटो खनिरहेछ…..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो