३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंबाट रसुवाको केरुङतर्फ लैजादै गरेको २५ करोड नगदसहित एक जना पक्राउ

५ चैत्र २०८१, मंगलवार ११:३७

काठमाडौँ | प्रहरीले काठमाडौँमा २५ करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो।

गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ ।

गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना७ख १६५२ नम्वरको ट्रकमा ठूलो मात्रामा नोट भएको भन्ने सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा विशेष टोली राति नै परिचालित भयो ।

सो टोलीले काठमाडौंबाट केरुङतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्वरको ट्रकलाई नियन्त्रणमा लियो । उक्त ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अमेरिकी डलर, नेपाली रुपैयाँ युरो समेत गरी करिब २५ करोड रुपैयाँको नोट रहेको फेला परेको छ ।

प्रहरीले ट्रकका चालक कुनसाङ लामालाई नियन्त्रणमा लिएको छ । साथै अर्का एक जनालाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । काठमाडौंबाट रसुवाको केरुङतर्फ जाँदै गरेको ट्रकबाट सो रकम नियन्त्रणमा लिइएकोले सो रकम चीनतर्फ लैजादै गरेको हुनसक्ने अनुमान गरिएको छ ।

हालसम्म प्रहरीले केही बताएको छैन । केहीबेरमा पत्रकार सम्म्मेलन गरी तथ्य सार्वजनिक गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन