2026-09-20 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्र लेख्छन्- गिरिजा नारायणहिटी भत्काएर विदेशी दरबार निर्माण गर्ने नेता

काठमाडौँ | आज नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवस, कांग्रेस तथा गैरकांग्रेस नेताहरूले कोइरालालाई विभिन्न सन्दर्भमा स्मरण गरिरहेका छन्।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि कोइरालालाई सम्झेका छन्। तर, अलिक फरक ढङ्गले। उनले भनेका छन्, ‘नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा विदेशी दरबार निर्माण गर्ने नेता।’

कोइरालाको तस्बिर राखेर सामाजिक सञ्जाल फेसबूकमा लेखेका रवीन्द्रले भनेका छन्, ‘कांग्रेसको ‘बीपीपथ’को उचाइलाई ‘जीपीपथ’ मा झारेर ‘प्रचण्डपथ’ मा विलय गराउने नेता, राजासँगको चरम असन्तुष्टि र रिसको आवेगमा देशको दीर्घकालीन हितमै घात गर्ने नेता, राजासँगको रिसको सुरमा देशको पहिलो राष्ट्रपति बनाउने ‘प्रचण्ड ललिपप’मा फसेका नेता।’

यस्तै उनले कोइराला बहूदलीय प्रजातन्त्रको जगलाई काण्डैकाण्ड, षड्यन्त्रै षड्यन्त्र, नातावाद/कृपावाद, असक्षमता, कुशासन र भ्रष्टाचारले ध्वस्त बनाइदिने नेता भएको समेत बताएका छन्।

उनले थप भनेका छन्, ‘गाउँमा माओवादी आगो सल्किँदै गर्दा संसद्‌मा सांसद किनबेच, धमिजा/लाउडा काण्ड गर्ने, प्रशासनदेखि, न्यायलयदेखि, स्कूल र विश्वविद्यालयदेखि, समाजको हरेक पत्रलाई दलीयकरण गरेर समाजलाई सदाका लागि पतित बनाउने ‘एकजना प्रमुख’ नेता, सरकारी उद्योगहरूलाई संसारका अन्य देशमा पनि बेलाबखत निजीकरण गरिन्छ। तर, तिनलाई निजीकरण गर्दा ती सधैँ ध्वस्त/बन्द हुँदैनन्। तर, सङ्क्रमणको राम्रो योजना नै नबनाइ निजीकरणको नाममा अमूल्य राष्ट्रिय उद्योगहरू ध्वस्त पार्ने नेता।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो