2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ

काठमाडौँ | भक्तपुरको ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल चोरी गरेको सूचनाका आधारमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार साँझ ६ बजेतिर ठिमीबाट कोटेश्वर आउँदै गरेको सार्वजनिक बसमा सवार यात्रुको साथमा रहेको मोबाइल चोरी भएपछि अनुसन्धान गर्दा थप व्यक्ति र सामान समेत बरामद गरेको हो।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले चोरीका मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुलेको छ।

उक्त रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न कम्पनीका २७१ मोबाइल, ९ ट्याब र १५ ल्यापटप बरामद भएको छ। रिपेयरिङ सेन्टर सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका ५ घर भई ललितपुर सानागाउँ बस्ने ३५ वर्षका प्रमोद परियार, काभ्रेको खानिखोला गाउँपालिका ५ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २६ वर्षका गुनराज न्यौपाने, रौतहट, चन्द्रनिगाहपुर नगरपालिका १ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने ३० वर्षका हेमन्त राना मगर, दोलखाको  सैलुङ गाउँपालिकाक ६ स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने २८ वर्षका शम्भु विश्वकर्मा रहेका छन्।

यस्तै सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २२ वर्षका राजेश चालिसे, दोलखाको कालिन्चोक गाउँपालिका ५ स्थायी घर भई हाल चाबहिल बस्ने २१ वर्षका सबिन पाण्डे र काठमाडौँ सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षका प्रकाश कट्वाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई