2026-09-20 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर

काठमाडौँ | काठमाडौँको चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित केउरानी सामुदायिक वन क्षेत्रमा लागेको आगो अझै नियन्त्रण बाहिर छ ।

शुक्रबार बिहानैदेखि लागेको आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । हावाको तीव्र वेग र सुक्खा पातपतिङ्गरका कारण आगो झन् बढ्दै गएको नगरपालिकाले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेनाको युद्ध कवच गण, सीतापाइलाका ६५ जना, सशस्त्र प्रहरी बल नीलबाराहीबाट ३५ जना तथा नेपाल प्रहरीको टोली खटिएका छन्।

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा प्रहरी प्रभाग नैकाप, प्रहरी प्रभाग बलम्बुका इन्चार्ज उपेन्द्र आचार्यसहितको टोली बिहानैदेखि आगो नियन्त्रण प्रयासमा जुटेको छ।

डीएसपी सुवेदीका अनुसार आगो निभाउने प्रयास जारी छ ।

नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर सुशीला अधिकारी, चन्द्रागिरि–१ का वडा अध्यक्ष हरिश्याम राना मगर, वन कार्यालयका प्रतिनिधिलगायत घटनास्थलमा पुगेर आगो नियन्त्रणका लागि जुटेका छन् ।

नगरपालिकाका नगर प्रहरी पनि परिचालित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो