३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर

८ चैत्र २०८१, शुक्रबार १७:४०

काठमाडौँ | काठमाडौँको चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित केउरानी सामुदायिक वन क्षेत्रमा लागेको आगो अझै नियन्त्रण बाहिर छ ।

शुक्रबार बिहानैदेखि लागेको आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । हावाको तीव्र वेग र सुक्खा पातपतिङ्गरका कारण आगो झन् बढ्दै गएको नगरपालिकाले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेनाको युद्ध कवच गण, सीतापाइलाका ६५ जना, सशस्त्र प्रहरी बल नीलबाराहीबाट ३५ जना तथा नेपाल प्रहरीको टोली खटिएका छन्।

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा प्रहरी प्रभाग नैकाप, प्रहरी प्रभाग बलम्बुका इन्चार्ज उपेन्द्र आचार्यसहितको टोली बिहानैदेखि आगो नियन्त्रण प्रयासमा जुटेको छ।

डीएसपी सुवेदीका अनुसार आगो निभाउने प्रयास जारी छ ।

नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर सुशीला अधिकारी, चन्द्रागिरि–१ का वडा अध्यक्ष हरिश्याम राना मगर, वन कार्यालयका प्रतिनिधिलगायत घटनास्थलमा पुगेर आगो नियन्त्रणका लागि जुटेका छन् ।

नगरपालिकाका नगर प्रहरी पनि परिचालित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा