१५ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमी वायुको प्रभाव कायमै, वर्षा र हिमपातको संभावना के छ ?

१० चैत्र २०८१, आईतवार ११:२६

काठमाडौँ |  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी,बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो कोशी, मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी,आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले  जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सभावना रहेको र त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगजनी र लुटपाट गराएको अभियोगमा दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो तीनकुनेमा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि तीनकुनेमा राजावादीकाे आन्दाेलन : प्रहरीको गोली लागी घाइते एकको मृत्यु विमानस्थलअगाडि आगजनीले ४५ मिनेट उडान प्रभावित प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक अराजकताको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंलाई बनाउँछौं– गृहमन्त्री लेखक  कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री राजावादी प्रदर्शनका २५ घाइतेको केएसमीमा उपचार, अवस्था के छ ? तीनकुने घटना सुरुवात मात्र हो : रविन्द्र मिश्र प्रहरी प्रभाग कोटेश्वरमा आगजनी​ शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु तीनकुने क्षेत्रमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, घर जानू एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड राजावादी समर्थकले जलाए प्रहरीको गाडी अन्नपूर्णपछि, कान्तिपुरको कार्यालयमा पनि राजावादीको आक्रमण प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो प्रदर्शनकारीले ढुंगा हानेपछि आगो निभाउन आएको दमकल फर्कियो, प्रहरीद्वारा हवाई फायर राजावादीको प्रदर्शन: तीनकुनेको घरमा आगजनी राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते