पढ्न करिब 2 मिनेट लाग्छ

टेक शाही/साउन १६, डोल्पा । जिल्ला समनवय समितिको सबै पदामा मनोनयन दर्ता भएको छ ।

सायोजक १,उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वउ समितिको चयनका लागि सोमबार ९जनाको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ ।

मनोनयन दर्ता गर्नेहरुमा शेर बहादुर बुढा सँयोजक,नरबहादुर बुढा उपसँयोजक,रामप्रसाद महत सदस्य,मैन बहादुर ठकुल्ला सदस्य,देबी घर्ति सदस्य,देबी लक्ष्मी रोकाया सदस्य,माँया कुमारि ठकुल्ला सदस्य र प्रेमलाल कामी एमालेबाट र चन्द्र बहादुर बुढा सदस्य राप्रपाबाट रहनु भएको छ ।

समन्वउ समितिमा सँयोजक, उपसँयोजक सहित एमालेका ८ जना र राप्रपाका एक जना सदस्य गरि ९ जनाको मनोनयन दर्ता भएको छ । सबै पदमा उम्मेछारि मनोनयन एकल र निर्बिरोध भएकोले घोषणा मात्र गर्न बाँकि रहेको मूखय निर्वाचन कार्यालयले जानकारि दिएको छ ।

स्थानिय तहको निर्वाचनमा राप्रपासँग समिकरण गरेको आधारमा समन्वय समितिमा पनि एक सदस्य राप्रपालाइ दिएको नेकपा एमाले जिल्ला कमिटि डोल्पाले जानकारि दिएको छ ।

जम्मा ८ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा ६ वटा स्थानमा एमालेले बिजय हाँशिल गरेको थियो भने २ वटामा नेकपा माओबादि केन्द्रेले बिजय हात पारेको थियो । माकेले २ स्थानमा जित हात पारे पनि जिल्ला समन्वय समितिमा भने कुनै पदमा पनि दावि गर्न सकेन र एमाले र राप्रपाले स्थानिय तहको निर्वाचनमा जस्तै समिकरणमा मनोयन दर्ता गरेका छन ।

जिल्ला समन्वय समितिमा ४ वटा स्थानिय तहबाट मात्र सदस्यहरु मनोनित गरिएको छ । माथिल्लो डोल्पाका ३ गँउपालिका र तल्लो डोल्पाको जगदुल्ला गाँउपालिकाबाट भने कुनै पनि पदमा मनोनित गरिएको छैन ।

माथिल्लो डोल्पालाइ फेरि पनि पाछाडि पारिएको छ । माथिल्लो डोल्पामा एमाले र राप्रपाले जित हात पारेको ठाँउमा कुनै पदमा मनोनित गरिएन । जस्ले गर्दा माथिल्लो डोल्पाका स्थानियहरुले दुख ब्यक्त गरेका छन ।