२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईमा शिक्षकले नै ग्रुप बनाएर चिट चोराएपछि…

१० चैत्र २०८१, आईतवार १७:४९

काठमाडौँ | माध्यमिक शिक्षा (एसइई) अन्तर्गत आइतबार सुनसरीको इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा निरीक्षकहरूले नै ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको पाइएको छ। अनिवार्य गणित विषयको परीक्षामा ह्वाट्सएप ग्रुप बनाएर निरीक्षकले चिट चोराइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहितको टोलीले फेला पारेको हो।

मिश्रले ह्वाट्सएप ग्रुप बनाएर चिट चोराउन संलग्न तीनजना निरीक्षकलाई नियन्त्रणमा लिइएको छ। निरीक्षक तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन भएको कोठामा मोबाइल लैजान रोक लगाए पनि उनीहरू आफैँ चिट चोराउन संलग्न भएका हुन्।

भगवती मावि परीक्षा केन्द्रबाट राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत मुकेन्द्र यादव, भगवती विद्यालयमै कार्यरत रमानन्द यादव र बीपी आधारभूत विद्यालय इनरुवामा कार्यरत शिक्षक दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीका एसपी सुमन तिम्सिनाले जानकारी दिए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए। उनका अनुसार आइतबार प्रजिअको नेतृत्वमा प्रहरी अधिकारीहरूले अनुगमन गरेका थिए। नियन्त्रणमा लिएका तीनैजना निरीक्षकले ह्वाट्सएप ग्रुप बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको थियो।

यसैगरी अनधिकृत गतिविधि गरेको आरोपमा इनरुवाकै बबिया माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दुईजना निरीक्षक निष्कासनमा परेका छन्। यसअघि गत बिहीबार सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुईदुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्र नेतृत्वको टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो। दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेतसमेत गरिएको प्रजिअ मिश्रले बताए। उनका अनुसार परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको छ।

सुनसरीमा निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य