२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

२०८१, ११ चैत्र सोमबार १४:०८

काठमाडौँ | भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन स्थायी घर भई हाल जिल्ला काठमाडौँको वनस्थली बस्ने ६५ वर्षीय उप्रेती गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत १२ गतेको फैसला गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार चार सय त्रियासी रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।  सो सजाय बेरुजु भई फरार रहेका उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोली आइतबार वनस्थलीबाट पक्राउ गरेको थियो ।

उनलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार  कारागार चलान भएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा