२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको अनुसन्धान निष्कर्ष

२०८१, ११ चैत्र सोमबार १४:५७

भक्तपुर | भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा आइतबार बिहान ६६ वर्षीय पुरुष मृत भेटिए । बिहान पौने ६ बजेतिर निलबाराहीस्थित पिकनिक स्पटमा रगतपच्छे भएर मानिस लडेको देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । मृतक खोटाङको कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई हुन् ।

मध्यपुर थिमि क्षेत्रमा कवाडी सङ्कलन गरेर गुजारा चलाउने राई बोडेमा आफ्ना छोरासँग बस्दै आएका थिए । छोरा पठाओ राइडर हुन् । निलबाराहीको पिकनिक स्पट नजिकैको भागमा उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले सोमबार भने, ‘उहाँको हत्या भएको देखिन्छ, आरोपीहरूबारे अनुसन्धान गर्दैछौँ ।’

राईको टाउको र दाहिने कानको छेउमा चोट देखिएको छ । हत्यामा संलग्न आशङ्कामा प्रहरीले सशंकितहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ । जङ्गल क्षेत्रमा सीसीटिभी नभएको हुनाले अनुसन्धान असहज भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी