2026-09-20 08:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानलाई हटाएपछि नियुक्त भएका शाक्य भन्छन्- कुलमानले उधारोको समय पाउनुभयो, बल्ल न्याय पाएँ

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय दिएको बताएका छन्।

साढे तीन वर्षसम्म मुद्दा खेप्दा पनि अदालतबाट न्याय नपाएको भन्दै उनले प्राधिकरणमा पुन: नियुक्ति दिएर सरकारले न्याय दिएको बताए।

‘धेरै काम गर्नुपर्नेछ। भर्खरै नियुक्त भएको छु। मेरो पहिलेदेखिको धेरै योजना छ। सिस्टमलाई रिलायबल बनाउन र आत्मनिर्भर हुन पम्प स्टोरेज प्रोजेक्ट चाहिन्छ,’ उनले भने, ‘प्राधिकरणले पम्प स्टोरेज प्रोजेक्टमा पनि काम गर्छ।’

उनले अहिलेको समस्यालाई ध्यानमा राखेर योजनाबद्ध रुपमा काम गर्ने बताएका छन्। उनले आफूले साढे ३ वर्ष काम गर्न पाएको भए अहिलेको समस्या नै नआउने जिकिर गरे।

‘मैले चार वर्षका लागि नियुक्ति पाएको थिएँ। तर उहाँ (कुलमान) ले उधारोको समय पाउनुभयो। तर, साढे ३ वर्ष काम गर्न पाइनँ। अदालतले पनि समयमै निर्णय नगरिदिँदा मेरो यो अवधिको योजना बनाउन सकिएन,’ उनले भने।

शाक्यले घरायसी ग्राहकलाई लोडसेडिङ नहुने बरु उद्योगमा भइहरेको लोडसेडिङको समयलाई न्यूनीकरण गर्ने आफ्नो प्रयास रहने बताए।

‘लोडसेडिङ भन्ने कुरा कोही भएर हुने, कोही नहुने भन्ने हुँदैन। लोडसेडिङ भनेको बिजुली नपुगेपछि हुने हो। पर्याप्त बिजुली भयो भने लोडसेडिङ पनि नहुने हो। अहिले पनि उता (भारत)को बिजुली यता दिएर व्यवस्थापन गरिएको हो। अहिले पनि लोडसेडिङ हटेको होइन, उद्योगमा लोडसेडिङ छँदैछ,’ उनले भने, ‘घरघरमा लोडसेडिङ हुने सवालै छैन। उद्योगमा जसरी लोडसेडिङ भइरहेको छ, त्यसलाई हटाउने चाहिँ सूत्र मैले फलोअप गरिरहेको छु।’

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङ्लाई हटाएर उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो