२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगलागीबाट सेन्ट्रल प्लाजाको ३ वटा तलामा क्षति, उद्धारमा खटिएका सुरक्षाकर्मीसहित ७ जना घाइते

१३ चैत्र २०८१, बुधबार १७:२३

विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीको क्रममा ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भएका छन् ।

सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मीसहित दुईजना सर्वसाधारण घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।

घाइते सबैको उपचार भइरहेको छ । प्लाजामा होटल, बैंक पसलहरू सञ्चालनमा थियो । बिहान पौने १० देखि सुरू भएको आगो अहिले नियन्त्रणमा आएको छ । आगो नियन्त्रणको लागि १२ वटा दमकल परिचालन गरिएको थियो । सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले क्रेनको सहायताले पानी र आयल निगमबाट फोम तथा फायरबलले आगो निभाइएको बताए ।

होटलमा फसेकाहरूको उद्धारको लागि कोशी सरकारले काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर मगाएको थियो ।

पाँचौ तलाबाट सुरू भएको आगो छैटौं र सातौं तलामा पनि सल्किएको थियो । क्षतिको पूरा विवरण भने संकलन भइसकेको छैन । छैटौं तलामा रहेको बरण्डा रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको कार्यालय कक्ष पूर्ण जलेको छ ।

आगलागीको कारण भने अझै खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी ३२२ जनाको टोली आगो निभाउन खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार !