2026-09-20 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी महिलालाई बन्धक बनाएर फिरौती मागेपछि…

काठमाडौँ | नेपाल घुम्न आएकी एकजना अमेरिकी नागरिकलाई बन्धक बनाई मोटो रकम फिरौती मागेको आरोपमा नुवाकोटकी एकजना महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–४ की ३७ वर्षीया सरिता लामा हुन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

घटना विवरणअनुसार ७० वर्षीया एकजना अमेरिकी महिला आफ्ना साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि आएकी थिइन्। सोही क्रममा लामासँग चिनजान भयो। नेपालमा रहँदा घुम्ने ठाउँहरुबारे लामासँग जानकारी लिइन्।


पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको एक होटलमा बसिरहेकी ती अमेरिकीलाई लामाले आफ्नो घरमा लैजान्छु भनिन्। घर नलगी होटलमै बन्धक बनाएर फिरौती माग्न थालिन्। शरीर बन्धक बनाई फिरौतीस्वरुप ३ लाख युरो (करिब साढे ४ करोड रुपैयाँ) मागेको भन्ने सूचना गत ११ चैतमा नेपालस्थित अमेरिकी दूतावासले प्रहरीसमक्ष पुग्यो। घटना अनुसन्धानका लागि कास्की प्रहरी खटियो।

कास्की प्रहरीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा ती अमेरिकीलाई हेटौँडा उपमहानगरपालिका १९, नेवारपानीबाट उद्धार गर्नुका साथै लामालाई ११ चैतमा पक्राउ गर्न सफल भएको हो।

कास्की प्रहरी प्रमुख एसपी ओलियाले अनुसन्धानका क्रममा ती अमेरिकीसँग लामाको सम्पर्क सामान्य रहेको बताए। नेपाल आइसकेपछि घरमा लैजान्छु भनेर पोखराबाट लगेको भए पनि हेटौँडा हुँदै पर्सातिर लगेको भेटिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो