२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाशले भने- मैले र गगनले पार्टीको बैठकमा कुलमानलाई हटाउन हुँदैन भनेका थियौँ

१४ चैत्र २०८१, बिहीबार १३:४८

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको बैठकमा आफू र अर्का महामन्त्री गगन थापाले नेपाली विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने मत राखेको बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पार्टीको पदाधिकारी बैठकमा आफू र अर्का महामन्त्री थापाले कार्यकाल सकिन लागेका घिसिङलाई सरकारले हटाउन नहुने विषयमा मत राखेको बताएका हुन् । महामन्त्री शर्माले घिसिङलाई हटाएको विषयमा आफूहरूले सामाजिक सञ्जालमार्फत मात्रै नभएर संसद बैठकमा पनि विरोध गर्ने बताए ।

महामन्त्री शर्माले कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउन नहुने विषयमा तीन कारण पनि दिएका छन् । उनका अनुसार, कुलमानको पदावधि थोरै रहेको, १९ चैतभित्र अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुपर्ने अवस्था र सरकारप्रति नागरिकमा असन्तुष्टि बढेका बेलामा यस्तो कदम चाल्नु गलत हो ।

घिसिङ आफूलाई सरकारले अन्यायपूर्वक हटाएको भन्दै सर्वोच्च अदालत पुगिसकेकाले अब विपक्षी दलहरूले संसद अवरोध गर्न नहुने महामन्त्री शर्माको भनाइ छ । ‘कुलमान अदालत गइसक्नुभएको छ । अदालतमा विचाराधीन विषयलाई लिएर संसदमा अवरोध गर्नु हुँदैन । अर्को कुरा, प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा संसदमा जवाफ माग गर्ने विषय पनि त्यति राम्रो होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने