2026-07-26 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीलाई तलब दिन बालेनलाई संघको सातदिने अल्टिमेटम

काठमाडौँ | स्थानीय तह कर्मचारी संघले काठमाडौं महानगरपालिकाका कर्मचारीहरूलाई सात दिनको अल्टिमेटम दिएको छ। संघका अध्यक्ष नारायणप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै एक हप्ताभित्र कर्मचारीलाई तलब नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवार महानगर नै हुनुपर्ने संघको चेतावनी छ।

‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासका लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सिर्जना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ होइन, आआफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ,’  विज्ञप्तिमा भनिएको छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्। अरू प्रशासनिक काम पनि ठप्प छन्।

‘महानगरको समस्या र हाम्रो मागलाई बेवास्ता गरी अझ उत्तेजित हुँदै समस्या लम्ब्याउने, बल्झाउनेतर्फ उद्दत भई आम कर्मचारीको समस्या हप्ताभित्र समाधान नगरेमा सम्पू्र्ण पेशाकर्मीहरू एकत्रित भज्ञ समग्र महानगरवासीको हित र कर्मचारीको हक सुनिश्चितताको लागि कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ